Wednesday, September 25, 2024

भालुको पित्त सहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले भालुकाे पित्त सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले व्यास गाउँपालिका–६ पन्तोली बस्ने ३६ वर्षीय मानसिंह धामी र हुम्ला डाडाफाई घर भएका २६ वर्षीय रेकश शाहीलाइ सोमबार पक्राउ गरेको छ ।

महाकाली नगरपालिका–४ बाङ्गबगडामा पैदल हिडिरहेका धामीलाई शंका लागि चेक गर्दा झोला भित्र टेपले बाधेको अवस्थामा ६ थानमा रहेको ८ सय ९६ ग्राम भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त पित्त शाहीले मगाएको भनी धामीले बताएपछि प्रहरीले शाहीलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय दार्चुलामा पठाएको प्रहरी जनाएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार