Wednesday, September 25, 2024

एउटा बिरुवा रोपे २० रुपैयाँ दिइने

सल्यान–शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई २० रूपैयाँ दिने भएको छ ।

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा  २० का दरले उपलब्ध गराइने घोषणा गरे।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए।  नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार