Wednesday, September 25, 2024

प्राकृतिक प्रकोपः एक सातामा ४५ को मृत्यु, ९ जना बेपत्ता

काठमाडौं– मनसुन सक्रिय भएसँगै देशभर परेको अबिरल वर्षाका कारण एक सातामा ४५ जनाको मृत्यु भएको छ ।  ९ जना बेपता भएकाे सरकारी अधिकारीहरूले जनाएका छन्।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार एक सातामा नेपालमा बाढीपहिरो, आगलागी, चट्याङ लगायतका प्राकृतिक प्रकोपबाट ४५ जनाको मृत्यु,९ जना बेपता र २० जना घाइते भएका हुन्।

असार १८ गतेदेखि २४ गते गतेसम्म परेको वर्षाका कारण प्राकृतिक प्रकोपमा परी कैलाली, बर्दिया, दाङ, चितवन, काठमाडौं, महोत्तरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), झापा, प्युठान, सप्तरी, सुर्खेत, सुनसरी, महोत्तरी, सिन्धुपाल्चोक, कञ्चनपुर र उदयपुरमा एक–एक जनाको मृत्यु भएको छ।

त्यस्तै, बाँकेमा ४, रोल्पामा ३, तनहुँमा २, बारामा २, पर्सामा ३, सर्लाहीमा २, मकवानपुरमा २, सिरहामा ३, रौतहटमा २, मोरङमा २, नवरपरासी पश्चिम धनकुटा र सिन्धुलीमा ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

नेपालमा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपमा परी प्रत्येक वर्ष औसतमा पाँच सय जनाको ज्यान जाने गरेको गृहमन्त्रालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार