Wednesday, September 25, 2024

‘तीन वर्षभित्र मुलुकभर स्वच्छ खानेपानी’

काठमाडौं– खानेपानी मन्त्री बिना थापा मगरले तीन वर्षभित्र मुलुकभर स्वच्छ खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको बताएकी छन् ।

सोमबार विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले खानेपानीका लागि जनताले धेरै संघर्ष गरिरहनुपरेकाले तीन वर्षभित्र मुलुकभर स्वच्छ खानेपानी पु¥याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताइन् ।

‘खानेपानीका लागि विनियोजन गरेको बजेटलाई विश्लेषण गर्दा न्यायिक भएन कि भन्ने कुरा उठेकै हो, यद्यपि, खानेपानी जनताको मौलिक अधिकारको विषय भएकाले समान वितरणको अवधारणा अघि बढाएका छौँ,’उनले भनिन् ।

उनले ‘एक घर एक धारा’, ‘एक घर एक शौचालय’ कार्यक्रम अन्तर्गत तराईका २१ जिल्लामा ६०० भन्दा बढी आयोजनालाई क्रमागत रुपमा अघि बढाइरहेका बताईन् । ‘तराईमा देखिएको आर्सनिक समस्या हटाउने प्रयत्न भएको छ,’उनले भनिन् ‘जनताको आफ्नो लगानीमा खानेपानी भन्ने अवधारणालाई कार्यान्वयनमा लैजान प्रयास भइरहेको छ ।’

मन्त्री मगरले देशभर सञ्चालनमा रहेका खानेपानी आयोजनाको गुणस्तर सुधार गर्ने कार्यक्रम तीव्ररुपमा अघि बढिरहेको र भूकम्प प्रभावित क्षेत्रका जनतालाई स्वच्छ खानेपानी पु¥याउने काम भइरहेको बताईन् ।

‘मेलम्ची खानेपानी छिट्टै पूरा गर्ने तथा दोस्रो चरणको याङ्ग्री र लार्केलाई पनि यसैवर्षदेखि अघि बढाइनेछ,’उनले भनिन् ‘आगामी आर्थिक वर्षलाई राष्ट्रिय सरसफाइ वर्षका रुपमा अघि बढाइने छ ।’

मन्त्री मगरले वर्षायाममा देखिएको पानी प्रदूषणको समस्या निकै जटिल रहेको छ, क्षेत्राधिकार भन्दा बाहिर रहेका मिनरल वाटर र जारको पनि अनुगमन गरिने बताएकी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार