Wednesday, September 25, 2024

पानी जहाजका लागि नदी सर्वेक्षण सुरुः अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले पानी जहाजका लागि नदी सर्वेक्षणको काम सुरु भएको बताएका छन् ।

सोमबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रधानमन्त्रीले सपना देखेको पानी जहाज कुन मन्त्रालय अन्तर्गत पर्छ ? बजेट विनियोजन र तयारी के कस्तो अवस्थामा छ भनी प्रश्न गरेकी थिइन् ।

सांसद देवकोटाले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भने,–पानी जहाजका लागि नदीहरुको सर्वेक्षणको क्रम अघि बढेको छ, आगामी आर्थिक वर्ष सुरु हुने वित्तिकै हामी यसलाई अघि बढाउँछौ ।’

मन्त्री खतिवडाले अहिलेसम्म पानी जहाजको काम कुन निकायले गर्ने भन्ने निर्णय नभए पनि आफूहरु नीति निर्माणकै तहमा रहेको बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार