पूर्व र पश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं–सोमबार देशभर नै बदली भएको र अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेकाे छ।

महाशाखाले विज्ञिप्त जारी गरेर भनेको छ, ‘पूर्व र पश्चिमका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना छ।’  रातिको समयमा पनि देशभर नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार हाल बागमती नदी जलाधार, नारायणी नदी जलाधार, पश्चिममा कपिलबस्तुको बाणगङ्गा नदीसम्म मध्यम वर्षा भइरहेको छ, भने कोसी नदी जलाधार, कमला नदी जलाधार, कर्णाली नदीको पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

यद्यपी, सुदूर पूर्वी तराई र सुदूर पश्चिमी तराईमा भने वर्षा नभएको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार