काठमाडौँ – आजको पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका विभिन्न मुद्दाका विषयलाई समाचार बनाइएको छ । मुग्लिनमा नमुना पुल, दूधको श्रोत नै दूषित लगायतका शिर्षकमा समाचार छापिएको छ ।
कान्तिपुर
– आजको कान्तिपुरमा मुग्लिनमा नमुना पुल शिर्षकमा समाचार छापिएको छ । विमल खतिवडाले लेखेको समाचारमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन बजार र तनहुँको बेनीटार जोड्ने गरी त्रिशूली नदीमाथि मुलुककै लामो ‘आर्क ब्रिज’ निर्माण भइरहेको उल्लेख गरिएको छ । सँगैको पुरानो पुलमा सवारी चाप र दुर्घटनाको जोखिम बढेपछि विकल्पका रूपमा तीन वर्षअघि नयाँ पुल बनाउन थालिएको हो ।
करिब १४ करोड लागतमा निर्माणाधीन आर्क ब्रिज १ सय २० मिटर लामो हुनेछ । ‘यसको लुक राम्रो हुनेछ, बीचमा पिल्लर राख्नु पर्दैन,’ पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा भने, ‘त्यसका लागि वारिपारि दुई छेउमा सपोर्ट हुनेछ ।’ यो पुलमा फलाम कम प्रयोग हुने र आरसीसी प्रयोग बढी हुने उनले बताए । ‘लामोमा यो नै पहिलो आर्क ब्रिज हो,’ थापाले भने, ‘सात वर्षअघि चोभारमा बनेको यस्तै पुलको लम्बाइ ६० मिटर थियो ।’ मुग्लिनमा अहिले प्रयोगमा रहेको पुल सन् १९७२र७३ मा बनेको हो । १९७४ मा चीन सरकारले पुल हस्तान्तरण गरेको थियो । ‘पुरानो पुलले धेरै समस्या दियो, २०५० सालमा काठ फेरियो तर १० वर्ष पनि टिकेन,’ थापाले भने, ‘दिनहुँ समस्या आउन थाल्यो, जहाँ तहीं भ्वाङ पर्न थाल्यो ।’ यो पुल भएर दैनिक ७ हजार सवारी साधन गुड्ने समाचारमा जनाइएको छ।
त्यस्तै रमेशकुमार पौडेलले नारायणगढ–मुग्लिन सडकस् निर्माण नसकिँदै भत्कियो शिर्षकमा समाचार लेखेका छन् । निर्माण नसकिँदै नारायणगढ–मुग्लिन सडक भत्किन थालेको छ । जुगेडी नजिक भतेरीको जंगलमा झन्डै ५० मिटर सडक भत्केको हो । आयोजनाको परामर्शदाता कम्पनीले त्यो ठाउँमा पुनः सडक बनाउन कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।
३६ किलोमिटर लम्बाइको यो सडकको ३३ किलोमिटरलाई एसियाली मापदण्डअनुरूपको दुई लेन बनाउन विस्तारको काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरी फरक–फरक निर्माण कम्पनीमार्फत काम भइरहेको हो ।
अहिले सडक भत्किएको ठाउँ आँपटारीदेखि दासढुंगासम्मको पहिलो खण्डमा पर्छ । त्यो खण्डमा भारतीय कम्पनी बीएलए र नेपाली कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (एससीसी) ले संयुक्त रूपमा काम गरिरहेका छन् । बीएलए एससीसी जेभीका कन्ट्रयाक्ट म्यानेजर प्रभु जोशीले सडक चौडा बनाउन खाडल पुरेको ठाउँमा समस्या आएको स्विकारेको समाचारमा उल्लेख छ ।
कान्तिपुरमै दूधको श्रोत नै दूषित शिर्षकमा अर्को समाचार छापिएको छ । दूधमा कोलिफर्म रसायन मिसिनुमा मुहान नै दूषित भएको खाद्य विज्ञले बताएका छन् । आइतबार राजधानीमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले यस्तो बताएका छन् । डेरी उद्योगबाट उत्पादित प्रशोधित दूधको परीक्षण गर्दा सूक्ष्म जीवाणु कोलिफर्म र खाने सोडालगायतका रसायनको मिसावटले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको खाद्य तथा पेयपदार्थ विज्ञ दिलीप सुब्बाले बताए ।
उनले भने, ‘सरकारी डेरीकै उत्पादनमा कोलिफर्म जीवाणु फेला पर्दा दुग्धजन्य पदार्थको उपभोगमा कमी आइसकेको छ, नेपालजस्तो कृषिप्रधान देशका लागि दुग्ध व्यवसाय धराशायी हुनु दुस्खको कुरा हो ।’ खाद्य स्वच्छता नीति निर्माताको प्राथमिकतामा नपर्नु, निरीक्षण अनुगमन गर्ने निकायमा स्रोतसाधनको र प्राविधिक अभाव नहुनु, आवश्यक प्रयोगशाला र उपकरणको अभाव यसको प्रमुख कारण भएको उनले बताए ।
गोठको सरसफाइको नपुग्दा दूधमा कोलिफर्म जीवाणु देखिने विज्ञ बताउँछन् । दूध दुहुँदा गाईको थुन र कल्चौंडामा टाँसिएको मलमूत्रबाट नै कच्चा दूधमा कोलिफर्मको संक्रमण हुने, दूध दुहुन, ओसारप्रसार गर्न र राख्न प्रयोग गरिने सामग्रीबाट कोलिफर्मको संक्रमण हुने अर्का विज्ञ डा. अतुल उपाध्यायले बताए । उनले भने, ‘गोठबाट प्रशोधनस्थल हुँदै उपभोक्तासम्म ल्याउँदा कच्चा दूधलाई ५ डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्छ, जुन मापदण्ड पूरा गरिएको पाइँदैन ।’
दूध संकलन केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र र बिक्री केन्द्रमा चिसो र उचित सरसफाइ कायम गर्न सके संक्रमण रोक्न सकिने उनले बताए । दूधजस्तो पोषिलो खानेकुरा जीवाणुको संक्रमणबाट जोगाउन र हानिकारक रसायनको मिसावटलाई निरुत्साहित गर्न सरोकारवाला संवेदनशील हुनुपर्ने खाद्य वैज्ञानिक डा. गंगा खरेलले बताएकाे समाचारमा उल्लेख छ ।
नागरिक
– आजको नागरिकमा रुद्र खड्काले सिक्टा सिँचाइमा ढिलासुस्ती : ठेकेदार बचाउँदै सिँचाइ विभाग शिर्षकमा लेखेको समाचार छापिएको छ ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारको संरक्षणमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र मातहतका निकाय नै लागेको पाइएको छ।
उक्त आयोजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास कोषले यसअघि नै सहयोग रोक्ने चेतावनी दिइसकेको छ । साउदी विकास कोषले ठेकेदार नहटाएसम्म भुक्तानी गर्न नसकिने जानकारी गराएपछि गत वैशाख २८ गते अर्थ मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ठेक्का तोड्नका लागि तालुक मन्त्रालयलाई सहमति दिएको थियो । तर, तालुक मन्त्रालय भने विभिन्न बहाना देखाउँदै ठेक्का तोड्नबाट पन्छिरहेको छ । जसले गर्दा काम झनै ढिला हुने देखिएको छ ।
साउदीले सिक्टाको डुँडुवा लगायत शाखा नहरका लागि दुई अर्ब ४१ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने अर्थ मन्त्रालयसँग सम्झौता गरेको छ । साउदीको सोही रकमबाट सिक्टा सिँचाइ आयोजनाले पहिलो चरणमा २३ किलोमिटर शाखा नहर निर्माण गर्न कोस्टाल पप्पु कन्सट्रक्सनसँग ९८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
२४ महिनाअघि ठेक्का सम्झौता गरेको पप्पु कन्सट्रक्सले हालसम्म करिब पाँच प्रतिशत मात्र काम गरेको छ । लामो समय काम नगरी समय खेर फालेकाले धेरैले अब पप्पुबाट डुँडुवा नहरको काम हुन नसक्ने भन्दै ठेक्का तोड्न माग गरिरहेका समाचारमा उल्लेख छ।
त्यस्तै शिवहरि घिमिरेले कान्ति लोकपथ सडक खण्ड : कालोपत्रेमा माटो मिसावट शिर्षकमा समाचार लेखेका छन् । राजधानीलाई हेटौंडासँग जोड्ने छोटो रुट कान्तिलोकपथ सडक निर्माणमा लार्पबाही भएको पाइएको छ । बागमति गाउँपालिकाको देवी साँध तीनपाने भञ्ज्याङ, काल्चे र छपेलीमा सडकखण्डमा ठेकेदार कम्पनीले प्रावधान विपरीत माटो मिसिएको बालुवा र गिटी प्रयोग गरको हो।
ठेकेदार कम्पनीले सडकको पर्खाल, बेसमेन्ट र ढल पाइपलगायतमा माटो मिसिएको बालुवा र गिट्टी प्रयोग गरेको छ । यो क्षेत्रको सडक दिवा हनुमान जेभी कम्पनी र विरुवा एसएल सुनकोशी प्रालिले पाएका छन् । कम्पनीले करिब २ किमी सडकमा यसरी नै माटो मिसिएको बालुवा र गिटी प्रयोग गरेको स्थानीयको भनाई छ ।
स्थानीय श्यामसुन्दर तिमल्सिनाले सडक निर्माणको क्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलेको जानकारी दिए । ‘गिट्टी र बालुवामा माटोको मात्रा भएमा त्यसलाई धोएर प्रयोग गर्नुपने हो,’ उनले भने, ‘यहाँ त खोला वा बगरबाट ल्याएको बालुवा र गिटी सिँधै प्रयोग भएको छ । तर जिम्मेवार निकायले यसबारे चासो दिएनन् ।’ उनले निर्माण कम्पनीले जगबिनै सडकको भित्तोमा वाल उठाएको बताए ।कमजोर ढंगले लगाइएको वाल र बेसमेन्ट भत्किएको छ । सडकमा बालुवा मिसिएको पाएपछि अघिल्लो साता बागमति गाउँपालिकाका अध्यक्ष वीर वहादुर लोप्चनले सडकको अवलोकन गरेका थिए । अवलोकनका क्रममा बालुवा भन्दा माटोको मात्र बढी मिसिएको पाएपछि ठेकेदारलाई चेतावनी दिएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टमा उत्तम काप्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : स्तरोन्नति दुई वर्षदेखि ठप्प शिर्षकमा समाचार छापिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम अगाडि बढने सकेको छैन।
तर, विमानस्थल स्तरोन्नतिका काम अगाडि नबढाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालन सुरु गरेका छन्।
विमानस्थल स्तरोन्नतिको काम गरिरहेको निर्माण कम्पनी सान्जोसेसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का रद्द गरेपनि अहिलेसम्म स्तरोन्नतिको काम अगाडि बढेको छैन।
प्राधिकरणले लगानी कर्ता र मन्त्रालयको सहकार्यमा स्पेनिस निर्माण कम्पनीले तोकिएको समयमा १७ प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको भन्दै ठेक्का रद्द गरेको थियो।
ठेक्का रद्द गर्दै प्राधिकरणले विमानस्थल स्तरोन्नतिको सबै काम एउटा तह र कम्पनीले गर्न नसक्ने ठहर गर्दै कामको वर्गीकरण गर्ने निर्णय गरेको थियो।
कामको वर्गीकरण गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म सबैभन्दा ग्राहो र खर्च बढी लाग्ने कामको बोलपत्र आह्वान गर्न सकेको छैन। विमानस्थल स्तरोन्नतिमा सबैभन्दा गाह्रो काम अन्तर्गत एप्रोन र ट्याक्सी वे निर्माण हो। प्राधिकरणले यो कामलाई एनसीबी ४ अन्तर्गत राखेको छ।
विमानस्थल स्तरोन्नति आयोजनाले एनसीबी ४ अन्तर्गतको कामका लागि आवश्यक माटो कसरी व्यवस्थापन गर्ने भने विषयमा अध्ययन सम्पन्न गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताएको समाचारमा उल्लेख छ।
त्यस्तै २४ परिवार विस्थापित शिर्षकमा अर्को समाचार छापिएको छ । बिर्तामोडबाट रविन भट्टराईले नदी कटानले २४ घर परिवार विस्थापित भएको समाचार लेखेका छन् । नदीको कटानले झापामा २४ परिवार विस्थापित भएका छन्। बाढी र डुबानका कारण विस्थापित हुनेको संख्या बढ्न थालेको जनाइएको छ। झापामा कम भए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण जिल्लाका मुख्य र सहायक नदीमा पानीको बहाव बढेको छ।
मेची नदीले नेपालतर्फको जमिन कटान गर्न थालेपछि भद्रपुर नगरपालिका-५ स्थित किनारमा बस्दै आएका सुकुम्बासी बस्तीका १५ परिवार विस्थापित भएका हुन्। मेची पुलको दक्षिणतर्फ रहेको सुकुम्बासी बस्तीमा अधुरो तटबन्धका ४० परिवारमध्ये अहिलेसम्म १५ परिवार विस्थापित भएको जनाइएको छ।
ठेकेदारले पुलका दायाँ–बायाँ ढुंगा र तारजालीको तटबन्ध बनाएको तर दक्षिणतर्फ सुकुम्बासी बस्ती क्षेत्रमा काम अधुरै छाडेपछि कटान सुरु भएको हो। दक्षिणतर्फको बस्ती जोगाउन १ सय ७० मिटर तटबन्ध निर्माण गरिए पनि बाँकी ७० मिटरमा काम नहुँदा नदीले कटान गर्न थालेको स्थानीय रोशनी शेखले बताइन्। स्थानीयवासी राति घरमा पालो गरी सुत्ने र ठूलो पानी परे सुरक्षित स्थानमा गएर बस्न थालेका छन्। नदीछेउका स्थानीयले घर भत्काउँदै जमिन खाली गर्न र विद्युत् पोल र तार पनि हटाउन थालिएको भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले बताए।
‘नदीको बहाव बढेको बढ्यै छ, बाँकी ७० मिटर तटबन्ध निर्माण गर्न ढिला हुँदा अहिले समस्या आयो’, उनले भने। उनका अनुसार बाढी आउने र डुबानको सम्भावना देखिएका परिवारका सदस्यलाई केही दिन विद्यालयमा राख्ने व्यवस्था मिलाइएको समाचारमा उल्लेख छ।
नेपाल समाचारपत्र
– आजको नेपाल समाचारपत्रमा बर्खामा विकासको तँछाडमछाड शिर्षकमा विमल विष्टको समाचार छापिएको छ । दिपायलको राजपुरमा अहिले सडक कालोपत्रे र मर्मतको काम सुरु भएको छ । अहिले सडकमा भएको कालोपत्रेलाई उप्काएर एक करोड रुपैयाँको लगानीमा भवन तथा शहरी विकास डिभिजनले पीएस कन्सट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराइरहेको छ ।
दिपायल–सिलगढी नगरपालिकाले दिपायलको रातामाटीमा फनपार्कको काम पनि असारमसान्तमा गराइरहेको छ । उपभोक्ता समितिमार्फत २० लाखको लगानीमा पार्क्भित्र सडक, खानेपानी ट्यांकी तथा प्रतिक्षालय बनाइरहेको छ ।
सडक र प्रतिक्षालय बनाइसके पनि खानेपानीको ट्यांकी निर्माणाधिन छ । ‘सामुदायिक वन क्षेत्रमा पार्क बनिरहेकाले प्रकृया पुर्याउँदा पुर्याउँदै समय बढी खर्च भयो’, कुमालीकोट सामुदायिक वनका अध्यक्ष तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र कठायतले भन्नुभयो, ‘असारमै भए पनि काम सक्ने भएका छौं । यो रहर नभएर बाध्यता हो।’
यसरी नै अहिले जिल्लाभर कसले कति विकास गर्ने भन्ने होडबाजी ने चलेको छ । गएको वर्षजस्तै यो वर्ष पनि असार मसान्तमा धमाधम विकासको काम भैरहेका छन् । यो चालु वर्षको दुई दिन बाँकी रहँदा पनि काम सकेर भुक्तानी पाउने आशमा योजनाहरु बन्ने क्रम जारी रहेको समााचारमा उल्लेख छ ।
– आजको नेपाल समाचारपत्रमा बर्खामा विकासको तँछाडमछाड शिर्षकमा विमल विष्टको समाचार छापिएको छ । दिपायलको राजपुरमा अहिले सडक कालोपत्रे र मर्मतको काम सुरु भएको छ । अहिले सडकमा भएको कालोपत्रेलाई उप्काएर एक करोड रुपैयाँको लगानीमा भवन तथा शहरी विकास डिभिजनले पीएस कन्सट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराइरहेको छ ।
दिपायल–सिलगढी नगरपालिकाले दिपायलको रातामाटीमा फनपार्कको काम पनि असारमसान्तमा गराइरहेको छ। उपभोक्ता समितिमार्फत २० लाखको लगानीमा पार्क्भित्र सडक, खानेपानी ट्यांकी तथा प्रतिक्षालय बनाइरहेको छ ।
सडक र प्रतिक्षालय बनाइसके पनि खानेपानीको ट्यांकी निर्माणाधिन छ। ‘सामुदायिक वन क्षेत्रमा पार्क बनिरहेकाले प्रकृया पुर्याउँदा पुर्याउँदै समय बढी खर्च भयो’, कुमालीकोट सामुदायिक वनका अध्यक्ष तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र कठायतले भन्नुभयो, ‘असारमै भए पनि काम सक्ने भएका छौं । यो रहर नभएर बाध्यता हो।’
यसरी नै अहिले जिल्लाभर कसले कति विकास गर्ने भन्ने होडबाजी ने चलेको छ । गएको वर्षजस्तै यो वर्ष पनि असार मसान्तमा धमाधम विकासको काम भैरहेका छन् । यो चालु वर्षको दुई दिन बाँकी रहँदा पनि काम सकेर भुक्तानी पाउने आशमा योजनाहरु बन्ने क्रम जारी रहेको समााचारमा उल्लेख छ ।
राजधानी
-आजको राजधानीमा नदीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड शिर्षकमा समाचार छापिएको छ। नदीलाई हेर्ने दृष्टिकोण परिवर्तनसँगै फराकिलो गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नदी बगेर एक ठाँउबाट अर्को ठाउँमा जाने मात्र नभई यो समाज, राजनीति, वातावरण र आर्थिक पक्षको संगम भएकोे औंल्याउँदै विज्ञहरूले नदीलाई बृहत दृष्टिकोणबाट हेर्न आग्रह गरे।
नेपाल वातावरण पत्रकार समूह ९नेफेज० ले आइतबार ललितपुरमा आयोजना गरेको ‘सेती रिभर वेसिन क्षेत्रका वातावरणीय मुद्दा र संचारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले सो धारणा व्यक्त गरेका हुन्।
सेती रिभर वेसिनको महत्व र त्यसका वातावरणीय मुद्दा उजागर गर्ने र नीति निर्माताहरुको ध्यानकर्षण गराउने उद्देश्यले नेफेजले सो अन्तक्र्रिया कार्यक्रम गरेको समाचारमा उल्लेख छ ।