चीनको एक गाउँमा वार्षिक ३० लाख सर्प उत्पादन

काठमाडौं–पूर्वी चीनको देकिङ क्षेत्रमा रहेका १ सयभन्दा बढी सर्प फार्महरुले वार्षिक रुपमा ३० लाखभन्दा बढी सर्पहरु उत्पादन गर्ने गरेका छन्।

सो क्षेत्र यतिबेला चीनभरी नै ‘सर्प गाउँ’ भनेर चिनिएको छ। यहाँका धेरै स्थानीयले खाना र परम्परात चिनियाँ औषधि बनाउने प्रयोग गरिरहेका छन्। यसले स्थानीय अर्थतन्त्रलाई समेत सबल बनाएको छ।

गाउँलेहरुले आफूले उत्पादन गरेका सर्पहरु औषधि उत्पादक कम्पनीहरुलाई बेच्ने गरेका छन्। ती कम्पनीहरुले उत्पादित सर्पबाट पाउडरहरु बनाउने गरेका छन्। जुन जापान, दक्षिण अफ्रिका, अमेरिका र युरोपमा समेत निर्यात हुने गरेको छ।

सर्पको व्यापारबाट सो गाउँले वार्षिक रुपमा ठूलो राजस्व संकलन हुने गरेको छ। सन् १९८० देखि नै सो गाउँमा सर्पको व्यवसायिक खेती उत्पादन शुरु भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार