Wednesday, September 25, 2024

छापामा आज : वर्षा र बाढीले सडक क्षतिग्रस्त, खानेपानी समस्याले ३८ परिवारले गाउँ छाडे

काठमार्डाैँ– आजको पत्रपत्रिकाले देशभर परेको अबिरल वर्षा र बाढीले विभिन्न ठाउँमा सडक क्षतिग्रस्त ,हिलाम्मे बनेका सडकले यात्रु मारमालगायतका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कान्तिपुर
कान्तिपुरको पहिलो पृष्ठमा रौतहटको बौधिमाई नगरपालिका–२ इनबास्थित लालबकैया नदीले भत्काएको बाँधको फोटो छापिएको छ । चार दिनअघिको बाढीले बाँध कटान गरेपछि नजिकैको घरबस्ती डुबानमा पर्ने भन्दै प्रशासनले खाली गराउन निर्देशन दिएको छ । तस्वीर शिव पुरीले खिचेका हुन् ।

पृष्ठ चारमा ‘यात्रुलाई सधैं सास्ती’ शीर्षकमा अनिश तिवारीले समाचार लेखेका छन् । सिन्धुपाल्चोकको पश्चिम भेगको प्रमुख प्रवेशद्वारको रूपमा परिचित जिरोकिलो (मेलम्ची २२ किमि सडकको अधिकांश खण्ड ठूला–ठूला खाल्डामा परिणत भएको छ । सडकको कतिपय खण्ड पानीको पोखरीमा परिणत भएको छ । सयौं यात्रु कष्टकर यात्रा गर्न विवश छन् । बर्षात्ले यात्रुको साःती दिनैपिच्छे झन्झन् बढै गएको छ । मेलम्ची खानेपानी आयोजनाको प्रमेुख प्रवेशमार्गसमेत रहेको उक्त सडक जीर्ण भएको दस वर्ष बित्न लागे पनि यात्रुको दुःख भने हटेको छैन । मेलम्चीले कालोपत्र गर्दागर्दै भत्केको सडकमा दैनिक ८ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्छन । टिपर मात्रै ५ सयभन्दा बढी सञ्चालन हुन्छन ।

एकातिर यात्रु बसले उचालेर घाइते भइएला भन्ने चिन्ता, अर्को्तिर टिपरको आतंकै छ,‘ जिरोकिलोका स्थानीय शंकर श्रेष्ठले भने, ‘सडकको जीर्ण अवस्थाप्रति सरकारी निकायले कहिल्यै चिन्ता गरेन । यो सडकको यात्राले चालक र यात्रुलाई साह्रै पीडा दिने गरेको छ, उनी भन्छन्, ‘गाडीले उचाल्ने–पछार्ने गर्छ, यात्रा नगरी सुख छैन ।’

‘कहाँ छ पार्किङःथल ?’ शीर्षकमा शिल्पा कर्णले लेखेको समाचार आजको कान्तिपुरले पृष्ठ पाँचमा छापेको छ । अनधिकृत पार्किङ गरेको भन्दै महानगरीय ट्राफिक महाशाखामा शुक्रबार पुष्कर सापकोटा जरिवाना तिर्न उपस्थित भएका थिए । उनको स्कुटर सोही दिन दिउँसो न्युरोडको कुमारी बैंकपछाडिबाट बग्गीखानामा ल्याइएको थियो ।

एक हजार रूपैयाँ जरिवाना तिरेका उनले भने, ‘प्रायः त्यही ठाउँमा अरू दिन पनि पार्क गर्थेँ । एक लाइन मात्र राख्नुपर्ने दुई लाइन राखेको भनेर ल्याइएको रहेछ ।’ उनको भनाइमा काम पर्ने ठाउँमा पार्किङ गर्ने ठाउँ हुन्न । जथाभाबी मोटरसाइकल पार्क गरेको आरोपमा दोस्रोपल्ट जरिवाना तिर्न पुगेका उनी, गाडी पार्किङ गर्ने दूरी र काम परेको स्थानबीच निकै फरक हुने भएकाले तोकिएको स्थानमा पार्किङ गर्न सवारीधनीले गाह्रो मान्ने गरेको बताउँछन ।

सोही दिन न्युरोडकै एक बैंकमा काम गर्न छिरेका रविन भुर्तेलको मोटरसाइकल बाहिर निःकँदा थिएन । त्यहिँका एक व्यवसायीलाई सोध्दा ‘पार्किङ गर्न मिल्छ’ भन्ने जवाफ पाएपछि उनले मोटरसाइकल उक्त स्थानमा पार्क गरेका थिए । तर, अनधिकृत स्थानमा पार्किङ गरेको भनेर महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र्पुयाइएपछि जरिवाना तिर्दै गरेका उनले पार्किङ गरेको क्षणभरमै गाडी ‘उठाइएको’ गुनासो गरे ।

नागरिक
‘सर्पले डसेर तीन बालिकाको मृत्यु’शीर्षकमा मदन ठाकुरले रौतहटबाट लेखेको समाचार नागरिकले प्रथम पृष्ठमा छापेको छ ।  ‘सडक विभागको लापरबाहीले भत्कियो महुली पुल’शीर्षकमा जितेन्द्रकुमार झाको समाचार पृष्ठ तीनमा छापिएको छ । पूर्वपश्चिम राजमार्ग पर्ने सप्तरीको अग्निसाइन कृष्णासवर गाउँपालिकास्तिथ महुली खोलाको पुल भत्किएको छ ।
नयाँ पत्रिका

हदिश खुद्दारले ‘प्रदेश २ मा सात हजार बाढीपीडित’ शीर्षकमा समाचार लेखेका छन् । केही दिनदेखि भइरहेको वर्षाका कारण आएको बाढीले प्रदेश २ मा झन्डै सात हजारजना डुबानमा परेका छन । बाढीपीडितलाई सहयोग गर्न प्रदेश सरकारले संघीय सरकार र अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरूसँग आग्रह गरेको छ ।

दर्जनौँ नदीमा आएको बाढी बस्ती पस्दा सयौँ घरपरिवार विस्थापित भएका छन । झन्डै सात हजार पीडित बनेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । पीडितलाई राहतका लागि संघीय सरकारसँग सहयोग माग्न आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव दुई दिनदेखि काठमाडौँमा छन् । संघीय सरकारले सात हजारभन्दा बढी बाढीपीडितलाई राहत दिने आश्वासन दिएको मन्त्री यादवले बताए ।

‘बाढीपहिरोले प्रदेशमा ठूलो समस्या छ, प्रदेश सरकार एक्लैले राहत उपलब्ध गराउन सम्भव भएन,’ उनले भने, ‘त्यसैले, सहयोग जुटाउन काठमाडौं आएको हुँ ।’ बाढीपीडितलाई तत्काल राहत र उद्धारका लागि सहयोग गर्न संघीय सरकारलाई आग्रह गरेको उनले बताए । पीडितलाई राहतका लागि खाद्यान्न, त्रिपाललगायतका सामग्री आवश्यक भएको मन्त्री यादवले बताए ।

‘तीन दिनसम्म लगातार वर्षा हुने प्रक्षेपण’शीर्षकमा वीरेन्द्र ओलीले लेखेको समाचार पृष्ठ दुुईमा छापिएको छ । देशभर आजबाट तीन दिनसम्म अविरल वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले गरेको छ । बंगालको खाडीसँगै अरब सागरमा ठूलो मात्रामा जलवाष्प आउन थालेकाले निरन्तर वर्षा हुने अनुमान गरिएको हो ।

आइतबारदेखि मंगलबारसम्म देशैभर वर्षा हुन सक्ने मौसमविद् सुवास रिमालले बताए । ‘हामीले व्यवःिथत रूपमा दुई दिनसम्म मौसमको पूर्वानुमान गर्न सक्छौँ,’ उनले भने, ‘तर, केही क्षेत्रमा भए पनि मंगलबारसम्म निरन्तर वर्षा हुन सक्छ ।’ यसरी वर्षा हुँदा आइतबार र सोमबार २र३ स्थानमा भारी वर्षासमेत हुने सक्ने रिमालले बताए । ‘मनसुन समयमा छरिएर वर्षा हुने भएकाले कुन–कुन क्षेत्रमा भारी वर्षा हुन्छ भन्न सकिदैन,’ उनले भने, तर, ‘ देशका अरू धेरैजसो क्षेत्रमा मध्यमदेखि सामान्य खालको वर्षा हुन सक्छ ।’ केही स्थानामा भारी वर्षासमेत हुन सक्ने भएकाले सर्वसाधरणलाई सचेत हुन विज्ञले सुझाब दिएका छन् ।

वर्षा र बाढीले सडक क्षतिग्रस्त’ शीर्षकमा पृष्ठ ६ मा प्रकाश धौलाकोटीले लेखेको समाचार प्रकाशित छ । वर्षात् सुरु भएसँगै तेह्रथुमका ४० भन्दा बढी सडक एकैपटक ठप्प हुँदा स्थानीय समस्यामा परेका छन । लगातारको वर्षा र बाढीले तेह्रथुमका सडक क्षतिग्रस्त भएका छन् । जिल्लाका दुई नगरपालिका र चारवटै गाउँपालिकामा निर्माणाधीन सडकमा वर्षाले क्षति पुगेपछि सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ ।

निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएपछि विगत केही दिनदेखि ट्र्याक्टरसमेत चल्न सकेका छैनन् । सदरमुकाम जोड्ने वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडकका ठाउँ–ठाउँमा हिलो जमेर आवागमनमा समःया भएको छ ।

सडक क्षतिग्रस्त बनेपछि गाउँका वासिन्दाको बजारसँगको सम्बन्धविच्छेद भएको शुक्रबारेका धर्मराज खुलालले बताए । वर्षाको पानीले सडक हिलाम्मे हुँदा जिल्लाका ४० भन्दा बढी सडकमा यातायात एकैपटक ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, वसन्तपुरले जनाएको छ । वर्षाको भेलले बगाएका सडकमा चालू आर्थिक वर्षमै करोडौँ रुपैयाँ खर्च गरेर मर्मत गरिएको थियो ।

‘खानेपानी समस्याले ३८ परिवारले गाउँ छाडे’पृष्ठ छ मै दीपक भट्टले लेखेको समाचार छापिएको छ । मन्थली नगरपालिका –७ मा खानेपानीको अभाव भएपछि स्थानीय ३८ घर परिवारले पुरोनो थातथलो छाडेर नयाँ ठाउँमा बसाइ सरेका हुन् । त्यस्तै ‘जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग’ शीर्षकको समाचार पनि प्रकाशित छ ।

अन्नपूर्ण पोस्ट

अन्नपूर्ण पोस्टको पृष्ठ दुईमा सुर्यप्रसाद पाण्डेले ‘अझै जाखिमयुक्त भवनमा पढाइ’ शीर्षकमा लेखेको समाचार छापिएको छ । काठमाडौं झो.छेस्थित बाल सेवा माध्यमिकमा तीन वर्षअघि भूकम्पमा क्षतिग्रस्त पारेको पाँचतले भवनमा अध्यापन भैरहेको छ । भवन एउटा पनि मिलेको छैन र पाँचै तलासम्म माटाको गारो मात्र छ । अर्को विकल्प नहुँदा विद्यालयले जाखिमयुक्त भवनमा विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ ।

समाचारपत्र

समाचारपत्रको पृष्ठ ५ मा ‘हरियाली प्रवद्र्धनमा जापानी हात’ शीर्षकमा समाचार प्रकाशित छ । नेपालको पर्यावरण र हरियाली प्रवद्र्धनमा सघाउन नेपालका लागि जापानी राजदूत सहित जापानी स्वयंसेवकले भक्तपुरको चाँगुनारायण मन्दिर आसापासको खुला क्षेत्रमा वृक्षरोपण गरेका छन् ।

राजदूत साइगो मासामिचीसहित ३० जना जापानी स्वयंसेवक र नेपाली अधिकारीसमेत संलग्न टोलीले शनिबार धौलागिरी विद्यालयसँगैको पाखोमा ३ हजारभन्दा बढी बिरुवा रोप्यो । मियावाकी विधि (वृक्षरोपणमा जापानी आधुनिक विधि) अनुसरण गर्दै स्थानीय रैथाने प्रजातिका बोटविरुवा रोपिएको हो ।

पृष्ठ ७ मा गणेश घिमिरे, इलामबाठ ‘ग्रामीण क्षेत्रका सडक हिलाम्मे, यात्रा जोखिमपूर्ण बन्दै’ शीर्षकमा समाचार छापिएको छ । वर्षा सुरु भएदेखि इलामका ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ । सदरमुकामदेखि जिल्लाका बिभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग बनेको छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यहि माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ ।

वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्ये भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ ।

राजधानी
‘३० वर्षमा पनि बनेन सडक’शीर्षकमा कृष्ण विदुखी गैतमले तह्थुमबाट समाचार लेखेका छन् । लालिगुँरास नगरपालिका बसन्तपुरदेखि म्याङ्लुङ सडक निर्माण भएको तीन दशक बितिसक्द पनि १२ महिना सवारी नचल्दा यात्रु मारमा परेका छन् ।

‘उपत्यकाको तापक्रम एक्कसि बढ्यो, अब तीन दिन वर्षा हुने’ शीर्षकमा राससको समाचार छापिएको छ । उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।
न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ ।

निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । असार १७ गते काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री थियो भने असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा तापक्रम कायम थियो ।

जेठको दोस्रो साता काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै गत असार १७ देखि देशैभर मध्यमदेखि भारी वर्षा भएको थियो । मनसुन न्यून चापीय रेखा नेपालमा प्रवेश गरेकाले छ, दिनसम्म निरन्तर वर्षा भएको हो ।

मनसुन याम खासगरी जुलाई र अगष्ठ महिनामा यस्तो मनसुनी गतिविधि केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम र साँझपख हल्का वर्षा चलिरहने मौसमविद् मीनकुमार अर्याल बताए । अर्यालले भने, ‘मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने तथा मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा मनसुन ब्रेक अर्थात कम वर्षा र बढी घाम लाग्ने हुन्छ ।’ ‘तीन सय साता बित्न लाग्यो,नदी सफाईमा खासै परिवर्तन देखिएन’ शीर्षकमा राससको समाचार राजधानी दैनिकले पृष्ठ २ मा छापेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार