Wednesday, September 25, 2024

मनसुन पश्चिमी भुभागमा सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं– तीन दिनको झरीपछि औसतमा पानी परिरहेकोमा मनसुन फेरि सक्रिय बनेको छ।

१७, १८ र १९ असारमा मुलुकका विभिन्न भुभागमा भारी वर्षा हुँदा तराईका कतिपय शहर डुवानमा परेका थिए। त्यसपछि मनसुन पूर्वतिर केन्द्रित रहेपनि वर्षा भने मध्यम नै थियो।

तर, आइतबार मनसुन फेरि सक्रिय देखिएपछि मुलुकभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यद्यपी, अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भुभाग नजिक छ, जसकारण त्यस क्षेत्रका केही भुभागमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन्। ‘मनसुनको न्यून चापीय रखा एकनास हुँदैन, अहिले पश्चिमतिर नजिक छ,’ उनले भनिन्।

उनका अनुसार आइतबार देशभरको मौसममा बद्ली भएको छ, भने केही स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमबार पूर्वी तथा मध्य क्षेत्रको केही स्थानमा भारी वर्षाको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार