जापान : बाढीपहिरोमा कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– जापानका पश्चिमी क्षेत्रमाअबिरल वर्षापछि आएको बाढी र पहिरोमा कम्तीमा ५० जनाको ज्यान गएको र कयौं बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

AFP/GETTY IMAGES

बाढीपहिरोको ताण्डव बढेपछि करीब १५ लाख मानिसलाई घर छोड्न त्यहाँको सरकारले निर्देशन दिएको छ।  बिहीबारदेखि वर्षा भइरहेको हिरोशिमा क्षेत्रका सयौँ घरहरू क्षतिग्रस्त भएको बीबीसीले उल्लेख गरेको छ।

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएको जनाइएको छ।

जापानको राजधानी टाकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रबार र शनिबार गरी ५ सय ८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ। हिरोशिमादेखि ३ सय किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार