चुरे संरक्षण हुन नसके मधेश मरुभूमि हुन्छ : प्रदेश प्रमुख कायस्थ

महेन्द्रनगर– प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चुरे क्षेत्रको संरक्षण हुन नसके दक्षिणी तथा पूर्वतर्फको मधेशको भूभाग मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गरेका छन्।

सेवा निवृत्त कर्मचारी परिषद्को १५ आैं साधारणसभाको जनकपुरधाममा  उद्घाटन गर्दै उनले सेवानिवृत्त कर्मचारीसँग विशेष अनुभव रहेकाले आ–आफ्नै अनुभवका आधारमा मधेशको भूभाग मरुभूमि हुनबाट जोगाउन निजामती कर्मचारीहरूसँग सहकार्य गरी समय समयमा सुझाव दिनुपर्ने बताएका हुन्।  रासस

ताजा समाचार

सम्बन्धित समाचार