काठमाडौं–उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २६९ औँ हप्तामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको सीमास्थित वाग्मती नदीको हनुमानघाट क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गायत्री परिवार, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत २८ संस्थाका गरी ४३० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिईन् ।
वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी थिए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३० औँ हप्ताको कार्यक्रम पनि आज यसै स्थानमा गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिदिए । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाको महिला जागरण समूहले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।
विश्व सहकारी दिवसका अवसरमा रोयल सहकारी लगायतले कोटेश्वर महादेव मन्दिर अघिको वाग्मती किनारमा समी, तेजपत्तालगायत २१ बिरुवा पनि रोपियो ।
रुद्रमती सफाइको २२४ औँ हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वर हुँदै सानो गौचरणसम्मको क्षेत्रमा जनचेतनामूलक अभियान गरी गोरखनाथ मन्दिर क्षेत्रमा सफाइ गरेर दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, महानगरपालिका–ं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।
विष्णुमती सफाइ अभियानको १९६ औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ र तारकेश्वर नगरपालिका–१० स्थित मनमैँजु नयाँ पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र अभियन्ता गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन लामाले जानकारी दिदिए । नुभयो ।
वाग्मती तिलगंगा खण्ड सफाइको १७१ औँ हप्तामा आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा दुई दर्जन बढी महिलाको सक्रिय सहभागिता रहेको संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।
वाग्मती नदी किनारस्थित सुन्दरीघाट सफाइ अभियानको ७९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८० जना अभियन्ताको सहभागिता रहेकोे अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए । ।
मनोहरा नदी सफाइको ६७ औँ हप्तामा जडिबुटीस्थित बिपी आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै नदी किनारमा उम्रिएका पाँच हजार बोट गाँजा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरीको नेतृत्वमा नष्ट गरिएको अभियानकर्मी चन्द्र दंगालले बताए ।
चक्रपथ सफाइको ६५ औँ हप्तामा वनस्थलीचोकबाट उत्तरतिर सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, लगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । आजको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
आलोकनगर क्षेत्र सफाइको ६५ औँ हप्तामा त्यस स्थानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मातृशक्ति समूहले आलोकनगर र मीनभवन क्षेत्रमा सफाइ गर्दै आएको छ । सफाइसँगै वृक्षरोपण र जनचेतनामूलक कार्यक्रम पनि गरिएको संयोजक प्रमिला पौडेलले भने ।
चक्रपथ बाफल खण्ड सफाइको ४७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी ताराबहादुर कुँवरले बताए ।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १०० भन्दा बढी स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ ।
फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।
अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ ।
वाग्मती सफाइ महाअभियानले २०० हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्र नै जारी गरेको थियो ।
(रासस)