Wednesday, September 25, 2024

गोदावरीमा विश्वकपसँगै सरसफाई

काठमाडौं–रुसमा जारी २१ औँ संस्करणको विश्वकप फुटबलमा क्बार्टरफाइनलका खेलहरु चलिरहदा विभिन्न देशमाथि समर्थन र विरोध भइरहेको छ । आफुलाई मनपर्ने टोली जित्दा खुसी र मनपर्ने टोली हार्दा दुखी हुने परिपाटि अन्य स्थानमा झैँ नेपालमा पनि देखिएको छ । तर केही स्थानमा रातीको समयमा फुटबल समर्थकहरु विश्वकप फुटबल हेर्दा निस्किएको फोहोरमैलालाई ब्यवस्थापन गर्न पनि लागिपरेका छन् ।  ‘फुटबल जति महत्वपूर्ण छ , त्यत्ति नै हाम्रा लागि वातावरण पनि महत्वपूर्ण छ ’, ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १० का युवाहरु भन्छन् , ‘विश्वकपको मनोरञ्जनले हाम्रो गाउँ–समाजलाई धुमिल पार्ने होइन, बरु स्वच्छ वातावरणको उदाहरण दिँदै फुटबलको विकास गर्ने हो ।’

तस्बिर सौजन्य : रञ्जन न्यौपाने

वडा नम्बर १० मा रहेको न्यौपानेगाउँको स्थानीय जागरण युवा क्लबले विश्वकप सुरु भएदेखि नै प्रोजेक्टर मार्फत विश्वकप फुटबल गाउँभरिका फुटबलप्रेमिलाई समेट्ने गरि देखाइरहेको छ । ‘शनिबारको दिन सबै भेला भएर क्लब र क्लब बाहिरका साथीभाइ मिलेर हामीले विश्वकप हेर्ने स्थल वरपर सरसफाई ग¥यौ ’, स्थानीय रञ्जन न्यौपानेले भने , ‘ जापानले विश्वकप भएको स्थल रुसमै त सरसफाइ ग¥यो हामी आफ्नो स्थानमा सरसफाइ गर्न किन पछि पर्ने । ’ क्लबका युवाहरुले बोतल , कागज , प्लाष्टिकका खोल तथा पोखीएका तरल पदार्थलाई समेत सफा गरेर ब्यवस्थापन गरेका छन् र्। हामीले प्लाष्टिक , कागज , धुलो लगायतको ब्यवस्थापन गरेका छौं ’, सौरभले भने , ‘ खेल मात्र हेर्ने भनेर भएन सर–सफाईलाई पनि ध्यान दिनुप¥यो । ’ उनीहरुले फुटबल हेर्ने स्थान नजिकै रहेको चउरमा भएका अनावश्यक झाडी पन्छाउँदै केही समय अघि वृक्षारोपण गरेका विरुवाको गोडमेल पनि गरेका छन् ।
विश्वकप फुटबलमा राम्रो प्रर्दशन गरेको एशियाली राष्ट्र जापानले पनि क्बार्टरफाइनलमा पुग्न नसकेपनि सरसफाई गरेर आफुलाई खेलसँगै अरु पक्षमा पनि बलियो छु भनेर प्रमाणित गरिसकेको छ । जापानी समर्थकले खेलपछि आफू बसेको प्याराफिट सफा गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार