Wednesday, September 25, 2024

विज्ञानका विद्यार्थीलाई प्रशिक्षण

काठमाडौं:स्नातक तहमा भौतिकशास्त्र अध्ययनरत विद्यार्थीलाई वैज्ञानिक अनुसन्धानमा उत्प्रेरित गर्ने उद्देश्यले खगोल तथा अन्तर्राष्ट्रिय विज्ञानसम्बन्धी छ दिने ‘गृष्मकालीन विद्यालय’ विषयको प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको कार्यक्रममा तारापुञ्ज विज्ञान, वायुमण्डल विज्ञान, तारा विज्ञान, सूर्य र पृथ्वीबीचको अन्तरीक्ष गतिविधि अध्ययनसम्बन्धी विज्ञानलगायत विषयमा विज्ञले प्रशिक्षण दिएका थिए । विज्ञानसम्बन्धी अध्ययन अनुसन्धानका लागि १५ विद्यार्थीलाई १० विज्ञले प्रशिक्षण दिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए  ।  यही असार १७ गतेदेखि शुरु भएको प्रशिक्षण शुक्रबार समापन भयो ।

प्रशिक्षणमा त्रिभुवन विश्वविद्यालयका ब्रह्माण्डविज्ञ प्रा डा उदयराज खनाल, भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा विनिल अर्याल, दक्षिण कोरिया योनसे विश्वविद्यालयमा अनुसन्धानरत नेपाली वैज्ञानिक डा सञ्जय पौडेल, सेन्ट जेभियर कलेजका उपप्राध्यापक डा विनोद अधिकारी, अमृत साइन्स क्याम्पसका उपप्राध्यापक देवेन्द्रराज उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कम्प्युटर इञ्जिनियर प्रमिशा मिश्रलगायतले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण पाएका विद्यार्थीले लघु अनुसन्धान शुरु गर्ने बताइएको छ । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार