Wednesday, September 25, 2024

नेपालको वन र कृषि प्रणालीबारे अमात्यको पुस्तक सार्वजनिक

काठमाडौं–पुर्व वातावरण सचिव एवं वातावरणविद् डा स्वयम्भूमान अमात्यले तयार पारेको कृषि र वन सम्बन्धि पुस्तक शुक्रबार सार्बजनिक भएकोे छ । ‘एग्रो फरेष्ट्रि सिस्टम्स एण्ड प्राक्टिसेस इन नेपाल ’ नामक पुस्तक वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक गरेका हुन् । अमात्यलाई फिलिपिन्सका डा इडविन सेडामोन र अष्ट्रेलियाका इयान नुनबर्गले पनि पुस्तक लेखनमा साथ दिएका छन् । सन् १९९४ मै प्रकाशित भइसकेको सो पुस्तकलाई परिमार्जन गरि नयाँ रुपरेखामा तयार पारिएको लेखक अमात्यले बताए । ‘ यो पुरानै पुस्तकलाई थप–घट र केही सुझावका आधारमा यो पुस्तक तयार पारिएको हो , ’उनले भने , ‘अहिलेको पुस्तकमा २ जना विदेशी प्रफेसरको पनि सहयोग लिएको छु । ’ पुस्तकमा नेपालमा वन र कृषि प्रणालीको प्रकार , ब्यवहारिक रुपमा भइरहेको प्रयोग तथा यी विषय ब्यवहारिक ढंगले कसरी प्रयोग भइरहेको छ भन्ने बारे उल्लेख छ । लेखक अमात्यका अनुसार सो पुस्तक कृषि तथा वन विश्वविद्यालयका एमएससी र बिएसीका विद्यार्थीका लागि फलदायि हुनेछ । विमोचन कार्यक्रममा मन्त्री बस्नेतसँगै सचिव डा विश्वनाथ ओली , पूर्व सचिव , विभागका पूर्व महानिर्देशक , वन तथा कृषि विज्ञ सहभागी थिए ।

ताजा समाचार

सम्बन्धित समाचार