Wednesday, September 25, 2024

पत्रपत्रिकामा आज : सधैं बाढीकै पीडा , ब्वाँसो र हिउँचितुवाले चौंरी संकटमा

 

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

अन्नपूर्ण पोष्ट
ब्वाँसो र हिउँचितुवाको आक्रमणले गर्दा सोलुमा चौंरी संकटमा परेको समाचार अन्नपूर्ण पोष्टले प्राथमिकताका साथ प्रकाशित गरेको छ । ‘ ब्वाँसो र हिउँचितुवाले चौंरी संकटमा ’ शीर्षकमा छेटु शेर्पाले सो समाचार लेखेका हुन् । सोलुमा गत बर्ष ८४ वटा चौरी ब्वाँसोको आक्रमणमा परेर मरे । यस बर्ष पनि ७ वटा हिउँचितुवाले मारेको छ । पछिल्लो समय ब्वाँसो र हिउँचितुवा आतंकले चौंरी गाई मर्नेक्रमसँगै हिमाली गाई संकटमा परेको छ ।
तीन हजार मीटर माथिको भूभागमा गरिदै आएको चौँरीपालन पेशा बार्षिक रुपमा संरक्षित वन्यजन्तुको आक्रमणले गर्दा संकटमा परेको हो । गत बर्षमात्र सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा स्थानीयबासीले पालेको ८४ वटा चौरी ब्वाँसोले मारे .  दुख गरेर पेशालाई निरन्तरता दिँदै आए पनि वन्यजन्तुबाट बचाउन नसके पछि व्यवसाय नै त्यागेको सोलु थामेका तेम्वा शेर्पाले बताए । हिमाली क्षेत्रमा मात्र गरिदै आएको व्यवसाय पछिल्लो समय नेपालबाटै लोप हुने क्रममा छ । हिमाली क्षेत्रका अन्य जिल्ला संखुवासभा, भोजपुर, ताप्लेजुङ, ओखलढुङगा, पाँचथर लगायतका जिल्लामा धेरै संख्यामा चौरीपालन हुुुुने गरेता पनि हाल पेशा संकटमा पर्न थालेको छ ।
यसैगरी जीवित सालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको समाचार अन्नपूर्णमा छ । काठमाडौं चन्द्रागिरीका राजेन्द्र तामाङर बागलुङ निसिखोलका दुर्गाबहादुर विकलाई प्रहरीले काठमाडौंको शंखपार्क अघिबाट नियन्त्रणमा लिएको हो । त्यसैगरी ताप्लेजुङ र दार्चुलाका विभिन्न स्थानमा अबिरल वर्षासँगै बाढी पहिरोको संभावना भएको खबर पनि प्रकाशित छ ।
पोखरामा ३ दिने चरा उत्सव सकिएको समाचार पनि यहि छ । चरा उत्सवमा ताल , सिमसार क्षेत्र , वनजंगल र चराको बासस्थान संरक्षण गरी चराको पर्यटनको विकास गर्नुपर्ने चराविज्ञले जोड दिएका छन् । नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । तीमध्ये १ सय ६८ प्रजातिका चरा अति संकटमा रहेको चराविद् डा हेमसागर बरालले जानकारी दिए । यस्तै आँप बेचेर गाउँ नै सम्पन्न भएको सिरहाको खबर छ ।

कान्तिपुर
‘ सधैं बाढीकै पीडा ’ शीर्षकमा कान्तिपुरमा समाचार छ । कैलालीबाट मोहन बुढाऐरले लेखेको समाचारमा मोहना र कान्द्रा नदीका कारण लालबोझीमा बाढी आउने गरेको उल्लेख छ । बाढीका कारण वरपरका वस्तीमा खतरा हुने गरेको छ । बाढीले घर–गोठ तथा बाटो–घाटो डुबानमा पार्ने गर्छ ।
‘कान्तिपुरमा पर्यटनसँग जोडिँदै चेपाङ’शीर्षकमा धादिङबाट हरिहरसिंह राठौरले लेखेको समाचारमा बेनीघाट रोराङ गाउँपालिकाले राजमार्ग वरपरका परम्परागत चेपाङ बस्तीलाई पर्यटनसँग जोड्ने विशेष कार्यक्रम अघि सारेको छ । रोपाइँ ५० प्रतिशत सकिएको दोलखाको खबर पनि यहि छ ।

राजधानी
‘ वर्षायामसँगै उपत्याको फोहोर व्यवस्थापनमा समस्या ’ शीर्षकमा समाचार प्रकाशित छ । बर्खा यामलागेसँगै नुवाकोट ल्याण्ड फिल्डसाइटको बाटो हिलो र चिप्लो हुने हुँदा फोहोर विर्सजन गर्न कठिनाइने हुनेगर्छ । यसैगरी वायु प्रदुषण मापन गर्न विभिन्न स्थानमा जडान गरिएका यन्त्रले काम गर्न छोडेका छन् । पोखराका ३ वटा मेसीन क्यालीब्रेड गर्न विभागमा ल्याइएको छ । कीर्तिपुरको मेसीनको ब्याट्रि चोरी भएको हो । शंखपार्कमा रहेको मेसीनको पनि क्यालीब्रेट गर्ने तयारी रहेको विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार