Wednesday, September 25, 2024

जीवित सालक सहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले जीवित सालक सहित दुई जनालाई पक्राउ गरेको छ ।

वातावरण तथा वन्यजन्तुसंग सम्बन्धीत अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले जीवित सालक सहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २९ वर्षीय राजेन्द्र तामाङ र बाग्लुङ निसिखोला गाउँपालिका–२ बस्ने ३१ वर्षीय दुर्गा बहादुर बि.क.रहेको व्यूरोले जनाएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–४ शंखपार्क अगाडिबाट अवैध रुपमा खरिद बिक्री गर्न बोकी हिडेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको र जीवित सालकलाई संरक्षणका लागि सदर चिडियाखाना जावलाखेलमा बुझाइएको व्युरोले जनाएको छ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार