Wednesday, September 25, 2024

वर्षाकाे असर, तीन लाखको तरकारी नष्ट

मोरङ– लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ ।

पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो ।

चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् ।रासस

ताजा समाचार

सम्बन्धित समाचार