पूर्वसचिव अमात्यको पुस्तक ‘एग्रो फरेष्ट्रि सिस्टम्स एण्ड प्राक्टिसेस’ आउँदै

काठमाडौं– पूर्व वातावरण सचिव एवं वातावरणविद् स्वयम्भूमान अमात्यको पुस्तक ‘एग्रो फरेष्ट्रि सिस्टम्स एण्ड प्राक्टिसेस’ शुक्रबार सार्वजनिक गरिने भएको छ।

वन र कृषि सम्बन्धि विषयवस्तु समेटिएको ‘एग्रो फरेष्ट्रि सिस्टम्स एण्ड प्राक्टिसेस’ सन् १९९४ मै प्रकाशित भइसकेको हो। तर, उक्त पुस्तकलाई परिमार्जन गरी पुनः प्रकाशित गर्न लागिएको लेखक अमात्यले बताए।

उनका अनुसार पुस्तकमा नेपालमा वन र कृषि प्रणाली, तिनको प्रयोग आदिबारे समेटिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार