Wednesday, September 25, 2024

चीन जाने ‘रुपसी’ र ‘भद्र’ को स्वास्थ्य राम्रो

काठमाडौं– चीन सरकारलाई उपहार स्वरुप दिइने एक जोडी गैंडाको स्वास्थ्य अवस्था राम्रो रहेको चिनियाँ टोलीले जनाएको छ।

चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) को टोली र चिनियाँ भेटरिनरीको टोलीले एक साता लामो नेपाल बसाइँका क्रममा ‘रुपसी’ र ‘भद्र’ को स्वास्थ्य स्थिति र अन्य हाउभाउको मूल्यांकन गरेको थियो।

टोलीले दुवैै केटाकेटीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी गर्दै अब चीन लैजान कुनै आपत्ति नरहेको स्पष्ट पारेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। साइटिसका महानिर्देशकसहितको ८ सदस्यीय टोलीमा चिनियाँ सरकारी कर्मचारी पनि थिए।

टोलीले चितवन पुगेर पिट बुमामा राखिएका ती गैंडाको २४ घण्टासम्म अवस्था बुझेको थियो। टोली बुधबार मलेसिया हुँदै
चीन गएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए। सरकारको २ जोडी गैंडा दिने बचन अनुसार यहि आर्थिक वर्ष अन्तर्गत आउने २८ असारमा ‘रुपसी’ र ‘भद्र’ लाई चीन पठाउने तयारी छ। यस्तै अर्को एक जोडी अर्को आर्थिक वर्षमा दिइने छ।

उपहार दिएको नेपाली गैंडा चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने तयारी भएको अधिकारीहरु बताउँछन्। चितवनाबाट गाडीमा राखेर विमानस्थलसम्म गैंडा ल्याइने र त्यहीबाट चिनियाँ कार्गो सहितको विमान सहितको टोली नेपाल आउने छ।

गैंडासँगै २ जना केयर टेकर र १ जना भेटरिनरी डाक्टर चीन जाने विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार