Wednesday, September 25, 2024

बाढीपहिरो : मृतकका परिवारलाई तत्काल ५० हजार राहत दिने प्रदेश २ को निर्णय

काठमाडौं– २ नम्बर प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

बुधबार बसेको २ नम्बर प्रदेश सरकारको मन्त्रीस्तरीय बैठकले बाढी पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो।

आइतबारदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नम्बर २ को जनजीवन कष्टकर बनेको छ। बाढीका कारण प्रदेश २ मा २ जनाको मृत्यु भएको छ।

बैठकले मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो। त्यस्तै विपद परी मृत्यु भएकाहरुको परिवारप्रति मुख्यमन्त्री लालबाबु राउतले समवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरी विपद् उद्धार समिति रहने व्यवस्था छ।

ताजा समाचार

सम्बन्धित समाचार