Tuesday, September 24, 2024

१४ जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ

काठमाडौं– देशका विभिन्न १४ वटा जिल्लामा ५० प्रतिशत भन्दा बढी रोपाइँ सकिएको कृषि, भूमि व्यवस्थापन र सहकारी मन्त्रालयले जनाएको छ।

कास्की, डोल्पा, जाजरकोट,सल्यान,रोल्पा, रुकुम, प्युठान, वझाङ, डोटी, सोलुखुम्बु, भोजपुर, काठमाडौ र कञ्चनपुरमा पचास प्रतिशतभन्दा बढी रोपाइँ सकिएको मन्त्रालयको विवरण छ। त्यसैगरी दोलखा र मुगुमा भने ६० प्रतिशत रोपाइँ सकिएको छ।

देशभर भने एक चौथाई जमिनमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। यस वर्ष मौसम केही छिटो भित्रिएको र पानी पनि परेकाले अन्य बर्षको तुलनामा रोपाइँ छिटो भएको मन्त्रालयले जानकारी दिएको छ।

देशभर मंगलबारसम्म २२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा २० प्रतिशतमात्र रोपाइँ भएको थियो। तराईमा झण्डै ७१ प्रतिशत धानको उत्पादन हुने गर्दछ, भने पहाडमा २५ प्रतिशत र हिमाली भेगमा ४ प्रतिशत धान उत्पादन हुने गर्दछ। धान धेरै उत्पादन हुने केही जिल्लामा भने अझै पनि रोपाइँ सकिएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार