Tuesday, September 24, 2024

मानसरोवर यात्रामा अलपत्र परेकाको उद्धारका लागि भारतले माग्यो नेपालको सहयोग

photo source : ANI

काठमाडौं– कैलाश मानसरोबर यात्रामा रहेका आफ्ना पन्ध्र सयभन्दा बढी तीर्थयात्री खराब मौसमका कारण बाटाेमा नै अलपत्र परेपछि उनीहरुलाई उद्धारको गर्न भारतले नेपालसँग सहयोग मागेको छ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजका अनुसार ५ सय २५ तीथयात्री सिमिकोटमा, ५ सय ५० हिल्सामा र अन्य ५ सय  तिब्वतमा अलपत्र परेका छन्।

स्वराजले उनीहरुको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टरको सहयोग मागिएको ट्वीटमार्फत् जानकारी गराएकी छन्। भारतले अलपत्रमा परेका यात्रु र उनीहरुको परिवारको गुनासो सुन्नका लागि हटलाइनको व्यवस्था समेत गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार