Tuesday, September 24, 2024

थाइल्याण्डमा गुफाभित्र फसेका किशाेरहरूको उद्धार गर्न महिनौ लाग्नसक्ने

काठमाडौं– थाइल्याण्डको एक गुफाभित्र विगत नौ दिनदेखि हराइरहेका १२ जना किशोर र एक फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न महिनौसम्म लाग्ने सक्ने उद्धारकर्ताले बताएका छन्।

फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए। तर, अकस्मात सो गुफा पानीको भेल पसेपछि उनीहरू सम्पर्कविहीन थिए। आइतबार उद्धारकर्ताहरुले उनीहरुलाई जिवित्तै फेला पारेका थिए। उद्धार कार्य भने निकै चुनौतीपूर्ण बनेको छ।

उनीहरुलाई बेलायतका गोताखोरहरुले चट्टानमा बसिरहेको अवस्थामा देखेका छन्। जिवित रहेको फोटो देखेसँगै उनीहरुको परिवारमा खुसियाली छाएको छ। गुफामा रहेका ती किशोरहरुले चार महिनासम्म त्यही बस्नुपर्ने अवस्था आउन सक्ने थाइल्याण्डको सेनाले बताएका छन्।

पहिलो बाढीको कारण उद्धारमा समस्या हुने र बाढी कम हुन केही समय लाग्ने सैन्य अधिकारीको भनाई छ। उनीहरुलाई सकेसम्म वाहिर ल्याउनुपर्ने भएपनि यो अत्यन्तै जोखिम र अप्ठेरो काम भएको सरकारी अधिकारीहले जानकारी दिएका छन्। उनीहको उद्धारको लागि यतिवेला एक हजारभन्दा बढी मानिसहरु खटिएका छन्।

चीन, म्यानमार, लावस र अष्ट्रेलियाले पनि उद्धारको टोली पठाएका छन्। अहिले उनीहरुका लागि खानेकुरा र औषधि पठाउने विषयमा छलफल भइरहेको छ। यतिखेर सबैभन्दा चिन्ताको विषय उनीहरुको स्वास्थ्य भएको छ। त्यसैगरी उनीहरुको परिवारसँग कुराकानी गराउनको लागि टेलिफोन सुविधा पुर्याउने तयारी समेत भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार