Tuesday, September 24, 2024

पहिरोले घर पुरिँदा सुत्केरी र शिशुसहित चार जनाको मृत्यु

काठमाडौं– दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका–५ स्थित सैबाङ गाउँमा खसेको पहिरोले घर पुरिँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाले सैवाङ बस्ने राज कुमार बि.क.को टिनले छाएको भान्छा घर भत्कँदा वि.क.को २२ वर्षीया श्रीमती कमला बि.क., १८ दिनकी छोरी आयुषा बि.क. र १५ वर्षीया चित्रा बि.क.को च्यापिएर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको थियो भने कमलाको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाने क्रममा बोटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलाली गोदवरी नगरपालिका– ९ धनचौरीमा वर्षाले घर भत्किँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

एक तले काठले बनेको कच्ची घर वर्षाले सोमबार भत्किँदा घर भित्र सुतिरहेकी ६० वर्षीया श्रीमती दुठा राणाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार