Tuesday, September 24, 2024

पोखरामा चरा महोत्सव हुने

काठमाडौं – पोखरामा तीन दिने चरा महोत्सवको हुने भएको छ ।

पोखरा पंछी समाजले चरा पर्यटन विकास, प्रवर्द्धन र संरक्षणका लागि पहिलो पटक चरा महोत्सव गर्न लागेको जनाएको छ ।

असार १९ गतेबाट सुरु हुने महोत्सवमा टुर गाइडका लागि चरा चिनाउने तालिम, विद्यार्थीलाई चरा सम्बन्धी जानकारी र संरक्षणको क्षेत्रमा क्रियाशीलहरूकाबिच अन्तरक्रिया, रामसारमा सूचीकृत तालको अवस्था र यिनमा चराको अवस्थाबारे महोत्सवमा छलफल गरिने समाजका महासचिव हेमन्त ढकालले बताए ।

उनका अनुसार पोखरामा उपत्यकामा ४ सय ६३ प्रजाति चरा पाइन्छ भने नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छ ।

हिमाली भेगबाट जाडो छल्न र तराइबाट गर्मी छल्न पोखरा आउने चराका प्रजाति र अवस्थाका बारेमा पनि महोत्सवमा संरक्षणकर्मीबीच छलफल हुने महासचिव ढकालले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार