Tuesday, September 24, 2024

फेवाताल–सराङकोट केवलकार अर्काे बर्षदेखि सञ्चालनमा

काठमाडौं– पोखराको फेवातालदेखि सराङकोटसम्मको केवलकार आगामी एक वर्षभित्र सञ्चालनमा आउने भएको छ । यतिवेला सो केवलकार निर्माणको काम तिव्र रुपमा भईरहेको छ ।

वि.स. २०७५ सालभित्र सो परियोजना सम्पन्न हुने र यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

गतवर्ष सो केवलकार निर्माणका लागि अन्नपूर्ण केवलकार र चितवन कोइको बिचमा सम्झौता भएको थियो। सो केवलकार निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

केवलकारमा ८५ प्रतिशत स्वदेशी र १५ प्रतिशत वाह्य लगानी रहेको छ। सो केवलकारमा १६ देखि ३६ डिब्वाहरु सञ्चालन हुनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार