Tuesday, September 24, 2024

दमकल पुग्दैनन् महानगरका भित्री भागमा

ललितपुर– आगलागी नियन्त्रणका लागि दमकल आवश्यक भए पनि महानगरपालिकाका भित्री भागमा पुग्न सक्दैनन् ।

साँघुरा बाटाका कारण नगरका भित्री भागसम्म दमकल नजाने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । दमकल जाने ठाउँसम्म लगेर नजाने ठाउँबाट रोलिङ तानेर आगो नियन्त्रण हुने गरेको छ । बाटोबाट टाढा हुँदा एकातिर रोलिङ पु¥याउन समय लाग्ने र अर्कोतिर पानी कम जोडले जान्छ । उनी भन्छन्, ‘सडक नजीकका घरमा भन्दा टाढाका घरमा नियन्त्रणको काम थाल्नै ढिला हुन्छ र निभ्न पनि धेरै समय लाग्छ ।’

बाटो नभएका स्थानमा घरको माथिबाट रोलिङ लगेर आगो लागेको स्थानसम्म पुग्नुपर्ने महर्जन बताउछन् ।

रोलिङ मिलाएर पुग्दासम्म समय लाग्छ । छोटो समयमा नै आगो ठूलो क्षेत्रफलमा फैलिन्छ । उनी भन्छन्, ‘ठूलो आगो लाग्यो भने जनधनको क्षति हुने सम्भावना हुन्छ ।’

सडक नजाने नगरका भित्री भागमा फायर मेशिन र रिजर्भ पानी ट्याङ्की राखेर स्थानीयस्तरमा पनि आगो नियन्त्रणको प्रयास गर्न सकिन्छ । उनी भन्छन्, ‘हामीसँग नागबहालमा मात्रै यी प्रविधि र ज्ञान भएका स्थानीयवासी छन् ।’

महानगरपालिकामा दुई पानीट्याङ्की भएका र दुई नभएका गरेर चार दमकल छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार