Tuesday, September 24, 2024

बाघ संरक्षणका लागि चासो

बर्दिया–बाघ संरक्षणका लागि सरोकारवालाले चिन्त व्यक्त गरेका छन् ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो ।

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ प्रजातिका बाघ पाइएकामा तीन प्रजातिका बाघ लोप भइसकेको बताए ।

आहाराको अभावले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षीय बाघ संरक्षण योजना बनाइएको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उनले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य वन्यजन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताए ।

निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेका र वन्यजन्तुले क्षति गरेको अन्नबालीको पूर्ति गरिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताललगायतले माग गरे । रासस

ताजा समाचार

सम्बन्धित समाचार