वन विनाससँग जुध्न पाकिस्तानमा व्यापक वृक्षरोपण

काठमाडौं–बढ्दो वन विनाससँग जुध्न पाकिस्तानको उत्तरपश्चिम इलाकामा पछिल्ला वर्षहरूमा व्यापक वृक्षरोपण गरिएको छ।

हिरोशाह नामक क्षेत्र यसभन्दा पहिला निकै उजाड देखिन्थ्यो। तर, अहिले सो ठाउँमा पुरै हरियाली छाएको छ।

सरकारी अधिकारीहरुका अनुसार सो क्षेत्रमा विगत केही वर्षयता लाखांैं विरुवा रोपिएको छ। पछिल्लो दुई वर्षमा १६ हजारभन्दा बढी कामदारमार्फत् ९ लाखभन्दा बढी विरुवा रोपिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ रुखले यस क्षेत्रको सौन्दर्य बढाउने, पहिरोको जोखिम कम गर्ने र जलवायु परिवर्तनको असरलाई कम गर्न सहयोग गर्ने सरकारी अधिकारीहरुको विश्वास छ।  पछिल्लो समयमा पाकिस्तानले कराँची लगायतका अन्य शहरमा समेत व्यापक मात्रामा रुख रोप्ने अभियानलाई अगाडी बढाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार