Tuesday, September 24, 2024

सगरमाथाबाट ३० टन फोहोर संकलन

काठमाडौं–सगरमाथा आरोहणको सिजन सकिएसँगै सगरमाथाकाे बेसक्याम्प–२ तलबाट ३० टनभन्दा बढी फोहोर संकलन गरिएको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार आरोहणको यो सिजनमा ३२ हजार २ सय ४१ किलोग्राम फोहोर संकलन गरिएको छ। तीमध्ये केही फोहोरलाई काठमाडौं ल्याइएको छ, भने केही आधारशिविरमा नै व्यवस्थापन गरिएको छ।

सरकारी अधिकारीहरूका अनुसार आरोही र उनका सहयोगीले यो बर्ष अन्य वर्षको तुलनामा बढी फोहोर पारेका थिए। पछिल्लो समयमा जलवायु परिवर्तनको असरसँगै सगरमाथामा पुराना फोहोर समेत देखिन थालेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। सगरमाथामा रहेको फोहोर संकलनका लागि सरकारले कुनै पनि नीति नबनाएको वातावरणविद्हरुको गुनासो रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार