Tuesday, September 24, 2024

अरनिको राजमार्ग सफाइ अभियान शुरु

भक्तपुर–हनुमन्ते नदी सरसफाइ अभियान संचालन गरिरहेको अभियन्ता टोलीले आजदेखि अरनिको राजमार्ग खण्डको सरसफाइ शुरु गरेको छ ।

वर्षाका कारण हनुमन्ते नदीमा पानीको बहाब बढेर सरसफाइमा कठिनाई आएपछि शनिबारदेखि अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट सडक सरसफाइ अभियान शुरु गरिएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिए ।

सरसफाइ अभियान नरोकिने बताउँदै उहाँले अबको दुई महिना अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि कोटेश्वरसम्म सरसफाइ गर्ने र त्यसपछि पुनः हनुमन्ते नदीको सरसफाइलाई निरन्तरता दिइने बताए ।

बस्नेत आफैँले प्राविधिक उपकरणमार्फत सरसफाइ शुरु गरेर अभियानको उद्घाटन गरे ।  अभियानमा शनिबार दुई टन फोहोर संकलन भएको थियो ।

अभियानमा सांसद् बस्नेतलगायत अन्य निकायबाट शनिबारै रु ६० हजार सहयोग प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको अभियानमा नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापतिले समृद्ध नेपाल निर्माण गर्न सफाइका लागि सरकार र जनता हातमा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । (रासस)

 

ताजा समाचार

सम्बन्धित समाचार