Tuesday, September 24, 2024

बाग्मती सरसफाई महाअभियानको २६८ औ साता पूरा

काठमाडौं –बाग्मती सरसफाई महाअभियानको २६८ औँ  हप्तामा जोरपाटी नारायणटार क्षेत्रमा सरसफाई भएको छ । सफाइमा विद्यार्थी , प्रहरी , कलाकार , अभियन्ता तथा स्थानीयको सहभागीता रहेको थियो । अघिल्लो साता कोटेश्वर महादेव मन्दिर नजिक बाग्मती पुल आसपास सरसफाई भएको थियो । बाग्मती सफाई सगै सहायक नदीहरु बिष्णुमतिमा १९५ औ हप्तामा , रुद्रमतिमा २२३ औं हप्ता, हनुमन्तेमा १८ औं हप्ता अन्र्तगत गठ्ठाघरको झोलुंगेपुल क्षेत्र, मनहरामा ६६ औं हप्ता अन्र्तगत तरकारी बजार क्षेत्र, सुन्दरीघाटमा ७८ औं हप्ता अन्र्तगत सुन्दरीघाट बाग्मती किनरा आसपास सरसफाई भएको अभियन्ताहरुले बताएका छन् । यसकासाथै चक्रपथ सफाइ अन्र्तगत पश्चिमखण्डको कलंकी क्षेत्र र उत्तर खण्डमा पनि सफाइ भएको छ । २०७० साल जेठ ५ गतेदेखि निरन्तर रुपमा शनिबारको दिन बाग्ग्मती सरसफाई हुदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार