Tuesday, September 24, 2024

पत्रपत्रिकामा आज : वन जोगाउनै सकस , पहिरो जोखिममा बस्ती

 

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
‘सीमापारि तस्करी’ शीर्षकमा बझाङबाट कान्तिपुरमा खबर प्रकाशित छ । खबरमा नेपाल र तिब्बतको सीमामा पर्ने साइपल गाँउपालिकाको उरै भन्जाङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोष्ट स्थापना गर्न विकट बझाङको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले ज्ञापनपत्र बुझाएको उल्लेख छ । तिब्बतमा तस्करी हुने वन्यजन्तुका आखेटोपहारका कारण दुर्लभ र लोपोन्मुख सूचीमा रहेका वन्यजन्तुको अस्तित्व खतरामा परेको बसन्तप्रताप सिंहले लेखेको समाचारमा जनाइएको छ । यहि नाका हुँदै तस्करी बढेकाले भन्सार कार्यालय र सुरक्षा पोष्ट स्थापना गर्न माग गरिएको हो । बाघका छाला र हड्डी , कस्तुरीको बिना र जडिबुटि लगायतको तस्करी भईरहेको खबर छ ।

नागरिक
‘ वन जोगाउनै सकस ’ शीर्षकमा सुर्खेतबाट नगेन्द्र उपाध्यायले समाचार लेखेका छन् । २०७१ सालमा आएको बाढीले जिल्लाका तिखाकुना र मुरमुरीबाट विस्थापीत भएर बाबियाचौरमा बस्दै आएका ९३ परिवारलाई राजनीतिक दलले ४१ रोपनी उपलब्ध गराएर कालिका सामुदायिक वनमा राखेको थियो । यो मात्र नभई सशस्त्र द्धन्द्धका समयमा पनि त्यहाँका विभिन्न वनमा जंगल फाँडेर बसेका ब्यक्तिहरु वनमाथि अतिक्रमण गरेर बसिरहेका छन् । त्यहाँ १ सय १५ ठाँउका ५ सय ९२ भन्दा बढि हेक्टर वन क्षेत्र अतिक्रमण गरेको खबर प्रकाशित छ । यसैगरी ‘ हिमालतिर चढ्दै कालाजार ’ शीर्षकमा पवित्रा सुनारले लेखेको समाचार पनि प्रकाशित छ । तराईका जिल्लाको रैथाने रोग अहिले हिमालमा सरेको हो ।

अन्नपूर्ण पोष्ट
‘पहिरो जोखिममा बस्ती’ शीर्षकमा अन्नपूर्ण पोष्टमा बैतडीको खबर छ । भगीरथ अबस्थीले दशरथचन्द नगरपालिकाका केही स्थानमा पहिरोको जोखीम रहेकाले ती स्थान वरपरका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ । यसैगरी चितवनमा सामान्य वर्षामै पहिरो जाने समाचार पनि यहि पत्रिकामा छ । पानीको अभावमा रोपाइँ प्रभावित भएको खबर पनि प्रकाशित छ ।

राजधानी
‘विपद् पूर्वतयारीमा सुरक्षाका तीनै अंग’ शीर्षकमा राजधानी दैनिकमा समाचार प्रकाशित छ । मनसुन सुरु भएसँगै बाढी–पहिरो र डुबान समस्या न्यूनीकरणका लागि पूर्वतयारी अपनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल विपद् पूर्वतयारी अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । यस्तै खानेपानीमा कोलिफर्म भेटिएको समाचार पनि छ । यसैगरी धादीङका खनियावास र नेत्रावती गाँउपालिकाले पहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख दिने घोषणा गरेको खबर पनि यहि छ ।

नयाँ पत्रिका
नयाँ पत्रिकामा प्राकृृतिक मनोरम दृश्य भएका विभिन्न पर्यटकीय स्थलको परिचय र अवलोकन गर्नुपर्ने आधारका विषयमा लेखेको छ । केही प्रकृतिक विपत्तिका विषयमा पनि समाचार प्काशित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार