Tuesday, September 24, 2024

चीन पठाउने गैंडाका विषयमा अन्तिम छलफल

काठमाडौं– चीन सरकारलाई उपहार दिने भनिएको एक जोडी गैंडा चीनतर्फ पठाउन अन्तिम तयारी भएको छ । बिहीबार चितवन पुगेर गैंडाको अवस्था बुझेर आएको चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को टोलीले शुक्रबार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँग छलफल गरेको छ । छलफलमा विभागका महानिर्देशक , उपमहानिर्देशक सहित अन्य पदाधिकारी र चिनियाँ पक्षबाट साइटिस, सरकारी कर्मचारी र भेटरिनरीको टोली सहभागी छन् । सरकारले २ जोडी गैंडा दिने बताइसकेको छ । ‘भद्र’ र ‘रुपासा’ नाम गरेका एक जोडी गैंडा आगामी असार २८ गते चिन पठाउने तयारी छ । एक आर्थिक वर्षमा एक जोडी मात्र गैंडा विदेशमा दिन पाउने नियम छ । चिनीयाँ टोली शनिबार फेरी चितवन जानेछ ।
टोलीले दुई देशको सीमा , भन्सार लगायतमा पनि ध्यान दिएर अवस्था बुझ्ने विभागका उपमहानिर्देशक गोपाल भट्राइले जानकारी दिए । उपहार दिएको नेपाली गैंडा चीनको चिमे लाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखीने तयारी भएको अधिकारीहरु बताउँछन् । गैंडा लैजाने पक्का भइसकेपछि चिनियाँ कार्गो सहितको विमान सहितको टोली नेपाल आउने छ । विमानमा हालेर गैंडा पठाउनका लागि विशेष प्रकारको खोर बनाउने काम अन्तिम चरणमा पुगेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । ‘ चिनियाँ अधिकारीले खोर बनाउन भनेका छन् ,त्यसैले गैँडालाई राखेर पठाइने चार थान खोर बनाउने काम भइरहेकोे छ, उनले भने र्, एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ । ’
बोमामा राखीएका गैंडालाई काँस , दुबो , केरा , स्याउ , काउली लगायतका वस्तु खुवाएर राखीएको निकुञ्जले जनाएको छ । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार