Tuesday, September 24, 2024

भारी वर्षाको सम्भावना, तराई र चुरेमा उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं– मनसुन देशभर सक्रिय बनेसँगै मुलुकको मध्य र पश्चिमी भुभागमा शुक्रबार राति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार शुक्रबार राति पश्चिमी भुभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ‘मनसुन देशभर सक्रिय बनेसँगै वर्षा हुने क्रम पनि बढेको छ,’ हाकाहाकीसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘शनिबार बेलुका मुलुकका विभिन्न भुभागमा भारी वर्षा हुने सम्भावना छ।

मौसमविद्हरूले शुक्रबार बिहान आगामी तीन दिनसम्म मुलुकमा हल्कादेखि मध्यम वर्षा हुने बताएका थिए। तर, शुक्रबार अपराह्न जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढीपूर्वानुमान महाशाखाले विशेष बुलेट जारी गर्दै तराई, चुरे र मध्यपहाडी क्षेत्रमा भारी वर्षा हुने बताएको हो।

मौसमविद् नगरकोटी भन्छिन्, ‘यअसघि मनसुनको न्यून चापिय क्षेत्र रेखा धेरै तल थियो। तर, अहिले नेपालमा विशेषगरीः पश्चिमी भुभागमा केन्द्रित छ। त्यही भएर भारी वर्षा हुने सम्भावना बढेको हो।’ यद्यपी, हिमाली क्षेत्रहरुमा भने हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

यसैगरी, बाढी शाखाले विशेष बुलेटिन जारी गर्दै चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने चेतावनी दिएको छ। ‘विशेषतः मध्य र पश्चिमी भुभागका खासगरी तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्ने देखाएकाले सो अनुसार गरिएको पूर्वानुमानमा समेत विशेषगरी चुरे क्षेत्रबाट प्रवाह हुने सबै खोलानालाहरुमा बहाब खतरा तहभन्दामाथि जान सक्ने देखिएकाले तराई र चुरे क्षेत्रमा पर्ने सबै जिल्लामा उच्च सतर्कता अपनाऔं।’

नेपालमा गत जेठ २५ गते ताप्लेजुङ केन्द्रविन्दु भएर भित्रिएको मनसुन १३ असारमा मात्र देशभर सक्रिय बनेको थियो।

सम्बन्धित समाचार
पहाडी क्षेत्रमा बदलीसँगै वर्षा हुने
मनसुनमा पश्चिमी वायुको अवरोध : पश्चिम तराईमा गर्मी, पहाडमा वर्षा
वर्षासँगै धुलो मिश्रित लेदो खसेपछि
मनसुन प्रवेशको घोषणा, कुन वर्ष कहिले मनसुन भित्रियोेरु हेर्नुस् १० वर्षको तथ्यांक

ताजा समाचार

सम्बन्धित समाचार