Tuesday, September 24, 2024

एकैदिन एक लाख ३३ हजार विरुवा रोपियो, कुन जिल्लामा कति रोपिए?

काठमाडौं– एक वर्षको अवधिमा सात सय ५३ वटै स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्ने घोषणा गरेको वन तथा वातावरण मन्त्रालयले एकैदिन एक लाख ३३ हजारभन्दा बढी विरुवा रोपेको छ।

वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी बिमलकुमार आचार्यका अनुसार राष्ट्रिय वृक्ष्रोपण दिवसको अवसरमा बिहीबार मुलुकका ४७ जिल्लामा विभिन्न प्रजातिका एक लाख ३३ हजार नांै सय ३८ विरुवा रोपिएको हो। जिल्ला वन कार्यालयमार्फत् विभिन्न सामुदायि वन, राष्ट्रिय वन तथा सार्वजनिक स्थानमा वृक्षरोपण गरिएको हो,’ उनले भने।

कहाँ कति विरुवा रोपिए सूचीसहित

 जिल्ला  : वृृक्षरोपण संख्या  
–काठमाडौं : १५०
– पाँचथर: १९४०
–सोलुखुम्बु: २००
–उदयपुर: ३२०००
–सिराहा :१२७
–धनुषा: ३५०
–महोत्तरी : १०५
–सिन्धुली: ३२३००
–रामेछाप: १८०
–दोलखा: ३१०१०
–सिन्धुपाल्चोक: १००
–धादिङ:११००
–नुवाकोट: ६०६०
–काभ्रे: १००
–मकवानपुर: ५००
–रोतहट: ५००
–पर्सा: १४५
–चितवन: ६००
–नवलपरासी: २००
– रुपन्देही १५०
–कपिलवस्तु: २६२५
–गुल्मी: ८००
– स्याङ्जा: २००
– गोरखा: १००
– मनाङ: २००
–कास्की: १७५०
– पर्वत: २३०
–म्याग्दी: ३३५
–मुगु: १२५
–हुम्ला: ५०
– जुम्ला: १७५
– रुकुम: ४५०
– प्युठान: २००
– सल्यान: १००
–बर्दिया: २००
– रोल्पा: १५३५
–सुर्खेत: २००
– जाजरकोट: १५०
–डोटी: १००
– लम्जुङ: १००
– बैतडी: २०२५
– डडेल्धुरा: १००
– कन्चनपुर: ११०००
–अर्घाखाँची: २१००
– दैलेख: ९५६
–बझाङ: १००
–तेह्रथुम:११०
–खोटाङ: १०५
जम्मा १३३९३८

ताजा समाचार

सम्बन्धित समाचार