Tuesday, September 24, 2024

चाबहिल–जोरपाटीको हिलाम्ये सडकमा रोपाइँ, कवितामार्फत् सरकारलाई ब्यंग्य

काठमाडौं –आज राष्ट्रिय धान दिवस। मध्य असारमा किसानलाई रोपाइँको चटारो छ। कृषिमन्त्रीदेखि सरकारी अधिकारीलाई धान दिवसको अवसरमा किसानको खेतमा जान भ्याइनभ्याइ छ । तर, राजधानीको बौद्ध, जोरपाटी, दक्षिणढोका, थली, साँखुका बासिन्दाले फरक किसिमले धान दिवस मनाएका छन्।

उनीहरुले खेतमा होइन हिलाम्य बनेको चाबहिल–बौद्ध–जोरपाटी सडकमा रोपाइँ गरेका छन्, सरकारलाई ब्यंग्य स्वरुप। जोरपाटी ओरालोमा ब्यंग्यात्मक ‘सडक कविता’ र ‘हिलाम्मे सडकमा रोपाइँ’ गरेका छन् ।

साहित्यकार पूर्ण प्रसाद पन्त ,ओमप्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेलले कविता र गीतमार्फत् हिलाम्मे सडकबाटै सरकारलाई तिखो ब्यंग्य गरे।

मर्मत सम्भारका लागि सडक चौडा बनाउने काम सुरु भएको करीब दुई वर्ष हुँदा समेत निर्माणको काम पुरा नसक्दा यहाँको सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ ।

स्थानीय कुमारराज सुवेदीले चाबहिल–बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकको अति दूररावस्थाको विषयमा नागरिक दवाव अभियान संचालन गरिएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार