Tuesday, September 24, 2024

राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं –१५ औँ राष्ट्रिय धान दिवस शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाइँदै छ । ‘धान उत्पादनमा वृद्धि र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। पछिल्ला केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरिएको छ। असार १५ गते राजधानी लगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदै छ।


सरकारले यसवर्ष काठमाडौंको दक्षिणकालीमा धान दिवसको उपलक्ष्यमा रोपाइँ गर्दैछ। धान दिवसका अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल कपिलवस्तु पुगेका छन्। कपिलबस्तुमा हुने रोपाइँ कार्यक्रममा मन्त्री सहभागी भएका हुन् ।

यसैगरी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीमा रोपाइँ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। यसैगरी उपत्यकाको दक्षिणकालीमा सचिव डा.युवकध्वज जी सीले धान रोपाइँ गर्दैैछन्। कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला दिन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट दिवस मनाउन थालिएको हो। २०६२ सालदेखि असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन शुरु गरिएको हो।

नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ। संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रुपमा मनाउने घोषणा गरेको थियो।

नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । संसारका आधा भन्दा बढिको खाना धानबाट नै आउने चामल हो। धान नेपालको प्रमुख खाद्यान्न बाली हो। धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार