Tuesday, September 24, 2024

पाँच लाख घर पुनर्निर्माणको क्रममा, थाहा पाउनुहोस् पुनर्निर्माणको तथ्य/तथ्यांक

काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेका निजी तथा सरकारी घर, भवन, सम्पदासँगै अन्य संरचनाको पुनर्निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। तर, भूकम्प गएको ३ वर्ष वित्दा समेत पुनर्निर्माण अझै आधा पनि भएको छैन।

प्राधिकरणका अनुसार निजी आवासका लागि अनुदान सम्झौता गरेका ७ लाख २० हजार ७ सय ४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन्।  भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापट १ लाख रुपैयाँ पाउँछन् ।

भूकम्पपछिकाे पुनर्निर्माणको अवस्था तथ्यांकमा हेर्नुहाेस्
–पुनर्निर्माण भइरहेका घरको संख्याः ५ लाख ७ सय ४०

–पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः १ लाख ९४ हजार ७ सय ३१

–लाभग्राही सूचीमा परेका कुल संख्याः ७ लाख ८८ हजार १५

–प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्याः ३६ हजार २ सय ८८

–अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७ लाख २० हजार ७ सय ४३

–पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७ लाख १२ हजार १३

–दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः ४ लाख ५७ हजार५ सय ३६

–तेस्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः २ लाख १२ हजार ७ सय १९

–छुट तथा पुुनःजाँच सर्वेक्षणबाट प्राप्त विश्णबाट थपिएका लाभग्राहीः २० हजार सय १०

–थपिएका प्रवलीकरण लाभग्राही : ११ हजार २ सय ९७

ताजा समाचार

सम्बन्धित समाचार