Thursday, September 19, 2024

१०६ स्थानीय तह वनविहीन (सूचीसहित)

काठमाडौं– ७ वटा प्रदेश रहेको नेपालमा तीनवटा प्रदेशका १ सय ६ स्थानीय तह वनविहीन बनेका छन्।

मुलुकको कुल भुभागको ४४ दशमलव ७४ प्रतिशत (६२ लाख ३० हजार पाँच सय ३७ हेक्टर क्षेत्रफल) वनले ओगटेकोमा प्रदेश नम्बर १ का १३, प्रदेश २ का ८४ र प्रदेश ५ का ९ स्थानीय तह वनविहीन बनेका हुन्।

वन अनुसन्धान तथा सर्वेक्षण विभागले ‘सन् २०१० देखि २०१४ को वन सर्वेक्षणलाई आधार बनाएर गत जेठमा मूल्यांकन गर्दा ७ सय ५३ स्थानीय तहमध्ये ६४ गाउँपालिका, ४९ नगरपालिका, २ उपमहानगरपालिका र विराटनगर महानगरापालिका वनविहीन भएको पाइएको हो।

प्रदेश १ को झापामा १, मोरङ र सुनसरीमा ६–६ स्थानीय तह वनविहीन छन्। यसैगरी, प्रदेश २ को बारा र सर्लाहीमा १३–१३, धनुषा र महोत्तरीमा १२–१२, रौतहटमा ११, सप्तरीमा १०, पर्सामा ७ र सिराहामा ६ स्थानीय तह वनविहीन रहेको तथ्यांकमा उल्लेख छ। प्रदेश ५ को बाँकेमा जानकी गाउँपालिका, कपिलबस्तुमा ३ स्थानीय तह, र रुपन्देहीमा ५ स्थानीय तह वनविहीन छन्।

अनुसन्धान विभागको गत वर्षको तथ्यांकअनुसार प्रदेश १, २, ३, ५ र ७ का १ सय ३९ स्थानीय तह वनविहीन थिए। तर, ७ सय ४४ स्थानीय तहबाट ७ सय ५३ पुुगेपछि प्रदेश ३ र ७ नम्बर प्रदेशका स्थानीय तह पनि वन भएका तहमा समेटिएका हुन्।

वन अनुसन्धान तथा सर्वेक्षण विभाग सूचना अधिकारी किरणकुमार पोखरेलका अनुसार फरेस्ट रिसोर्स एसेस्मेन्टलाई आधार बनाएर विभागले ७ सय ५३ वटै स्थानीय तहको वनको अवस्थाको प्रतिवेदन तयार गरेको हो। ‘सन् २०१० देखि २०१४ को वन सर्वेक्षणलाई आधार बनाएर मूल्यांकन गर्दा यो नतिजा आएको हो,’ उनले भने।

वनको प्राविधिक परिभाषाअनुसार शून्य वन क्षेत्र भएको भनिएको स्थानीय तहमा रुख नै नभएको भन्ने भने होइन। एउटै प्लटमा आधा हेक्टर वन क्षेत्र हुनुपर्ने हुन्छ।

नेपालमा हाल राष्ट्रिय वनअन्तर्गत साझेदारी, कबुलियती, धार्मिक, सरकारद्वारा व्यवस्थित, सामुदायिक र संरक्षित वन छन्, भने राष्ट्रिय निकुुञ्ज, वन्यजन्तु आरक्ष, जैविक मार्ग संरक्षित क्षेत्र हुन्।

यी हुन् वनविहीन स्थानीय तह

प्रदेश १
जिल्ला : झापा
–गौरिगञ्ज गाउँपालिका

जिल्ला :  मोरङ
–मोधा बुुढिगंगा गाउँपालिका
–ग्रामथान गाउँपालिका
–जहदा गाउँपालिका
–कटहरी गाउँपालिका
–रंगेली नगरपालिका
–विराटनगर महानगरपालिका

जिल्ला : सुनसरी
–बर्जु गाउँपालिका
–देवानगञ्ज गाउापालिका
–गढी गाउँपालिका
–हरिनगरा गाउँपालिका
–दुुहवी नगरपालिका
–इनरुवा नगरपालिका

प्रदेश २
जिल्ला : बारा
–आदर्श कोतवाल गाउँपालिका
–बाह्रगढी गाउँपालिका
–विसमपुर गाउँपालिका
–देवताल गाउँपालिका
–करैयामाइ गाउँपालिका
–परवानीपुर गाउँपालिका
–फेंटा गाउँपालिका
–पर्साैनी गाउँपालिका
–सरौना गाउँपालिका
–महागढीमाइ नगरपालिका
–पचरौटा नगरपालिका
–सिम्रागढी नगरपालिका
–कलैया उपमहानगरपालिका

जिल्ला : धनुषा
–औरही गाउँपालिका
–धनौजी गाउँपालिका
–जनकनन्दिनी गाउँपालिका
–लक्ष्मीनियाँ गाउँपालिका
–मुखियापट्टी मुसहरनियाँ गाउँपालिका
–विदेह नगरपालिका
–क्षिरेश्वरनाथ नगरपालिका
–हंशपुर नगरापालिका
–मिथिला बिहारी नगरपालिका
–नगराइन नगरपालिका
–शहीदनगर नगरपालिका
–जनकपुर उपमहानगरपालिका

जिल्ला : महोत्तरी
–एकडारा गाउँपालिका
–महोत्तरी गाउँपालिका
–पिपरा गाउँपालिका
–सम्सी गाउँपालिका
–सोनमा गाउँपालिका
–औरही नगरपालिका
–भंगाहा नगरपालिका
–जलेश्वर नगरपालिका
–लोहरपट्टी नगरपालिका
–मनरा सिस्वा नगरपालिका
–मटिहानी नगरपालिका
–रामगोपालपुर नगरापलिका

जिल्ला : पर्सा
–बिन्दबासिनी गाउँपालिका
–छिपहरमाइ गाउँपालिका
–धोविनी गाउँपालिका
–जगनाथपुर गाउँपालिका
–कालिकामाई गाउँपालिका
–पकाहा मैनपुर गाउँपालिका
–पोखरिया नगरपालिका

जिल्ला : रौतहट
–दुर्गाभगवती गाउँपालिका
–यमुनामाइ गाउँपालिका
–बोधीमाइ नगरपालिका
–गढीमाइ नगरपालिका
–गौर नगरापालिका
–ईशनाथ नगरपालिका
–कटहरिया नगरापलिका
–माधवनारायण नगरपालिका
–परोहा नगरपालिका
–राजदेवी नगरपालिका
–राजपुर नगरपालिका

जिल्ला : सप्तरी
–बलान बिहुल गाउँपालिका
–बेल्ही चपेना गाउँपालिका
–विसनपुर गाउँपालिका
–छिन्नमस्ता गाउँपालिका
–महादेवा गाउँपालिका
–तिलाठी कोइलाडी गाउँपालिका
–बोदे बर्साइन नगरपालिका
–डाकनेश्वरी नगरपालिका
–हनुमानगर योगिनीमाइ नगरपालिका
–राजविराज नगरपालिका

जिल्ला : सर्लाही
–बासवारिया गाउँपालिका
–विष्णु गाउँपालिका
–ब्रहमपुरी गाउँपालिका
–चक्रघट्टा गाउँपालिका
–चन्द्रनगरगाउँपालिका
–धनकौला गाउँपालिका
–कौडेना गाउँपालिका
–पर्सा गाउँपालिका
–रामनगर गाउँपालिका
–गोडैता नगरपालिका
–हरिपुर्वा नगरपालिका
–कबिलासी नगरपालिका
–मलंगवा नगरपालिका

जिल्ला : सिराहा
–औरही गाउँपालिका
–भगवानपुर गाउँपालिका
–विष्णुपुर गाउँपालिका
–नरहा गाउँपालिका
–नवराजपुर गाउँपालिका
–सखुवानन्कारकट्टी गाउँपालिका

प्रदेश ५
जिल्ला : बाँके
–जानकी गाउँपालिका

जिल्ला : कपिलबस्तु
–सुद्दोधन गाउँपालिका
–यशोधारा गाउँपालिका
–कृष्णनगर नगरपालिका

जिल्ला : रुपन्देही
–कोटहीमाइ गाउँपालिका
–मर्चवारी गाउँपालिका
–मायादेवी गाउँपालिका
–ओमसतिया गाउँपालिका
–लुम्बिनी सांस्कृतिक नगरपालिका

सम्बन्धित समाचार
महानगरमा शून्य दशमलव ६ प्रतिशत मात्र वन, गाउँपालिकामा सबैभन्दा बढी ६७ प्रतिशत
अब हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली

ताजा समाचार

सम्बन्धित समाचार