Tuesday, September 24, 2024

प्रदेश ५ को निर्णयः विपदमा परी मृत्यु भएका परिवारलाई एक लाख राहत

काठमाडौं – प्रदेश नम्बर ५ काे सरकारले प्राकृतिक विपदमा परी मृत्यु भएका हरेक नागरिकका परिवारलार्इ एक लाख रुपैयाँ राहत दिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको वैठकले स्वीकृत गरेको राहत वितरण मापदण्ड अनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा उनीहरूका परिवारलार्इ एक लाख रुपैयाँ राहत पाउने भएका हुन्।

प्राकृतिक प्रकोपमा परी घाइते भएमा व्यक्तिले सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्चको बिल अनुसारको रकम पाँच नम्बर प्रदेश सरकारले दिने छ।

त्यस्तै पशु चौपायाको मृत्यु भएमा ५० हजारदेखि एक लाख रुपैयाँ,घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता,हेरामा बसेको घर नष्ट भएमा प्रति परिवार १० हजार, खाद्यान्न बाली नष्ट भएमा, १० हजार, पसल व्यवसाय नष्ट भएमा ५० हजारसम्म राहत पाउने छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरी विपद् उद्धार समिति रहने व्यवस्था छ ।

ताजा समाचार

सम्बन्धित समाचार