Tuesday, September 24, 2024

पहाडी क्षेत्रमा बदलीसँगै वर्षा हुने

काठमाडौं– मनसुन प्रवेश गरेको १९ दिनपछि देशभर सक्रिय बनेसँगै पहाडी भुभागका धेरैजसो स्थानमा बदलीसँगै मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभावले बिहीबार, शुक्रबार र शनिबार पहाडी भुभागसहित मुलुकका अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गत जेठ २५ गते ताप्लेजुङ केन्द्रविन्दु भएर भित्रिएको मनसुन पश्चिमी वायुका कारण मध्य तथा पश्चिमी क्षेत्रमा सर्न नसकेकोमा अब सक्रिय बन्न थालेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

वर्षा नहुँदा मध्य र पश्चिम तराईका अधिकांश भेगमा गर्मी निकै बढेको छ। तर, अब मनसुन सक्रिय बनेसँगै वर्षा हुने र गर्मी हट्ने अनुमान गरिएको छ। नेपालमा सामान्यतः जुन १० बाट मनसुन सुरु हुने भए पनि यो पटक २ दिन अगाडि नै सुरु भएको थियो। मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा रहेकाले वर्षाको अनुमान गरिएको हो।

बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवास्पयुक्त हावालाई मनसुन भनिन्छ। नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना अर्थात् एक सय ५ दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ।

सम्बन्धित समाचार
मनसुनमा पश्चिमी वायुको अवरोधस् पश्चिम तराईमा गर्मी, पहाडमा वर्षा
वर्षासँगै धुलो मिश्रित लेदो खसेपछि
मनसुन प्रवेशको घोषणा, कुन वर्ष कहिले मनसुन भित्रियोेरु हेर्नुस् १० वर्षको तथ्यांक

ताजा समाचार

सम्बन्धित समाचार