Monday, September 23, 2024

साइटिस टोलीले चीन पठाइने गैंडाको जाँच गर्दै

काठमाडौं–चीन सरकारलाई उपहार दिने भनिएको एक जोडी गैंडाको अवस्था बुझ्न बुधबार नेपाल आएको चिनीयाँ दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को टोलीले बिहीबार चितवन पुगेको छ । साइटिसका महानिर्देशक सहितको ८ सदस्यीय टोलीमा चिनीयाँ सरकारी कर्मचारी पनि छन् । साइटिसको टोलीले चितवन राष्ट्रिय निकुञ्ज पुगेर त्यहाँ रहेका १ जोडी गैँडाको स्वास्थ्य लगायत अन्य अवस्था बुझ्ने राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । २ जनाको भेटरिनरीको टोली भने बिहीबार नेपाल आउने विभागले जनाएको छ । सरकारले २ जोडी गैंडा दिने बताइसकेको छ । एक जोडी यहि आर्थिक वर्षमा र अर्को जोडी अर्को आर्थिक वर्षमा दिइने विभागका उपमहानिर्देशक गोपाल भट्टराइले जानकारी दिए । ८ जनाको साइटिसको टोलीले बिहीबार दिउँसोदेखि रातीसम्म गैंडा राखीएको बुमामा पुगेर तीनीहरुकोे अवस्था बुझ्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले जानकारी दिए । उनका अनुसार टोली शुक्रबार काठमाण्डौं फर्किएर विभागसँग छलफल गरेर गैंडा लैजाने समयको टुङ्गो लगाउने छ । टोलीले दुई देशको सीमा , भन्सार लगायतमा पनि ध्यान दिएर अवस्था बुझ्ने उपमहानिर्देशक भट्राइले जानकारी दिए । यहि आर्थिक वर्षमा चीन पठाइने भनिएका एक जोडी गैंडाको नाम रुपसी र भद्रा हो । ‘भालेको नाम ‘भद्र ’ र पोथीको नाम ‘रुपसी’ छ । उपहार दिएको नेपाली गैंडा चीनको चिमे लाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखीने तयारी भएको अधिकारीहरु बताउँछन् । बोमामा राखीएका गैंडालाई काँस , दुबो , केरा , स्याउ , काउली लगायतका वस्तु खुवाएर राखीएको निकुञ्जले जनाएको छ । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ ।
विमानमा हालेर गैंडा चीन पठाउनका लागि विशेष प्रकारको खोर बनाउने काम अन्तिम चरणमा पुगेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । गैंडालाई राखेर पठाइने चार थान खोर बनाउने काम भइरहेकोे उनले बताए । नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार