Monday, September 23, 2024

पत्रपत्रिकामा आज : वन्यजन्तु बचाउन कुकुर नियन्त्रण , कार्बन विक्रीबाट ५ अर्ब आम्दानी

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
‘वन्यजन्तु बचाउन कुकुर नियन्त्रण ’ शीर्षकमा रसुवाबाट कान्तिपुरमा खबर प्रकाशित छ । खबरमा दुर्लभ वन्यजन्तुमाथि आक्रमण गर्न थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा अर्धजंगली कुकुर नियन्त्रण गर्न थालिएको उल्लेख छ । अर्धजंगली कुकुरले वन्यजन्तुलाई आक्रमण गर्न थालेपछि निकुञ्जले नियन्त्रणको कदम चालेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।

यसैगरी ‘२० वर्षपछि कृष्णभीरमा पहिरो’ र ‘ प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड ’ शीर्षकमा समाचार प्रकाशित छन् । पहिरो र बाढीलगायत विपद्मा परेर ज्यान गुमाउने ब्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ ।

अन्नपूर्ण पोष्ट
‘लार्भा खोज्दै जनस्वास्थ्य’ शीर्षकमा अन्नपूर्ण पाेस्टमा चितवनको खबर छ । बर्खामा डेंगु सार्ने लामखुट्टेको सक्रियता बढ्ने हुँदा जिल्ला जनस्वास्थ्यले बुधबारदेखि लार्भा खोज र नष्ट अभियान सुरु गरेको हो । उपत्यकामा सडक विस्तारको समय धमाधम थपिँदै गरेको र सडकको उचित मर्मत नहुँदा बटुवाले समस्या भोग्नुपरेको छ ।

राजधानी
रानीपोखरी पुनर्निर्माण सम्बन्धी समाचार राजधानी दैनिकमा छ । खबरमा जनाइए अनुसार एक साताभित्र त्यहाँ लगाइएको कंक्रिट हटाइने भएको छ । गोरखामा घण्टौं पानी बोक्नो समस्या समाधान भएको खबर पनि सोही पत्रिकामा छ । सडक ,पुल र बाटो सम्बन्धी उदयपुर , भद्रपुर र झापाको समाचार छापिएकाे छ । पर्वतमा फलफूल खेती विस्तार र पर्वतमा लिफ्ट प्रविधबाट खानेपानी आयोजना बन्दै गरेको समाचार पनि प्रकाशित छ ।

कारोबार
‘७ वर्षमा कार्बन विक्रीबाट ५ अर्ब आम्दानी’ शीर्षकमा कारोबार दैनिकमा प्रगती ढकालले लेखेको समाचार प्राथमिकताकासाथ पहिलो पृष्ठमा प्रकाशित छ । नेपालले तयार गरेको ‘ कार्बन उत्सर्जन न्यूनिकरणसम्बन्धी दस्तावेज’ (ईआरपीडि) स्वीकृत भएको छ । कार्बन कोष सन् २०२५ सम्म सञ्चालन हुनेछ । आगामी ७ वर्षसम्म नेपालले सञ्चालन गर्न सक्ने कार्बन सञ्चितीका कार्यक्रम र सञ्चित हुनसक्ने कार्बनको आधारमा कोषबाट कार्बन बेचेर नेपालले भुक्तानी पाउनेछ ।

नागरिक
‘दूधमा कोलिफर्म भेटिएपछि कडाइ गर्दै सरकार’ शीर्षकमा अर्जुन तामाङले समाचार लेखेका छन् । पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको हो । यसैगरी काभ्रेको रोशी र तेमाल गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बोधिचित्त अर्थात बुद्धचित्तको बोटलाई दर्ता गर्न थालेको समाचार प्रकाशित छ ।

ताजा समाचार

सम्बन्धित समाचार