Thursday, April 10, 2025

शितलहरमा बाँकेका बाढीपीडितलाई टहरा

कृष्ण अधिकारी

नेपालगन्ज, फागुन ४ः बाढी र डुबानका कारण घर भत्किएपछि पा“च महिनादेखि घरबारबिहिन भएर कष्टपुर्ण अबस्थामा बस्दै आएका बा“केको राप्ती सोनारी गाउँपालिकाका बाढीपीडितहरुले अस्थायी टहरा पाएका छन् । शितलहरको कठ्याङग्रिने चिसोमा टहरा पाएपछि बाढीपीडितहरुले केही हदसम्म भएपनि राहत महशुस गरेका छन् ।

गत साउन अन्तिम सातामा आएको बाढीले घर भत्काएपछि राप्ती सोनारी गाउ“पालिकाका सयौ“ बासिन्दा घरबारबिहिन भएका थिए ।

बाढी र डुबानका कारण घरबारबिहिन भई कष्टपुर्ण अबस्थामा त्रिपालमा बस्दै आएका बाढी प्रभावितहरुले बा“स र टिनबाट निर्माण गरिएको अस्थायी टहरा पाएका हुन् ।

जिल्ला बिपद् ब्यबस्थापन समिति बाँकेले ह्याबिटाट फर ह्युम्यानिटी, युनिक नेपाल र महिला उपकार मन्चलगायतका संघसंस्थाहरुसँग समन्वय गरेर २३८ घरबारबिहिन बाढीपीडितहरुका लागि टहरा निर्माण गरिदिएको हो ।

‘बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा कष्टपुर्ण बस्दै आएका थियौ“,’ राप्ती सोनारी गाउ“पालिका, वडा नं ४ धामपुरका चुल्हवा थारुले बताए । ‘सुत्न र बस्नका लागि धेरै गाहे थियो, अस्थायी नै भए पनि टहरा पाएपछि चिसोमा निकै राहत भएको छ ।’

बिपद् ब्यबस्थापन समितिको अगुवाईमा पहिलो चरणमा राप्ती सोनारीका २३८ घरबारबिहिन बाढीपीडितहरुका लागि टहरा निर्माण भएको हो । एउटा टहरा निर्माणका लागि करिव ३२ हजार रुपैया“ लागेको ह्याबिटाट फर ह्युम्यानिटीका परियोजना संयोजक सजन महर्जनले बताए ।

गाउँमै उपलब्ध बास, खर, माटो तथा बजारबाट ल्याइएको टीनलगायतका सामग्रीबाट टहरा निर्माण गरिएको छ । बाढीका समयमा पनि घर डुबान नहुने गरी जमिनदेखि दुईदेखि तीन फुट अग्लो बनाएर टहरा निर्माण गरिएको संयोजक महर्जनले बताए ।

लामो समयसम्म घर नहु“दा बाढीपिडित परिवारका सदस्यहरु साँघुरो ठाउँमा कोच्चिएर कष्टपुर्ण अबस्थामा बस्दै आएका थिए ।

संघसंस्थाले अलि बलियो टिक्ने घर बनाई दिएको भए राम्रो हुने थियो तर नहुनुभन्दा राम्रै यति भएपनि ठिकै भएकोे राप्ती सोनारी गाउ“पालिका, वडा नं ५ चा“चाफर्काका आशाराम थारुले बताए ।

गत साउन २७ गते आएको बाढीले बा“केमा ९,००० बढी परिवार बिस्थापित भएका थिए । पूर्णरुपमा घर क्षति भएका बाढीपीडितहरु अझै पनि घरबिहिन नै छन् । कतिपय बाढीपीडितहरु सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् भने अहिले आफ्नै जग्गामा बसेका पीडितहरुका लागि टहरा निर्माण गर्न थालिएको हो ।

राप्ती सोनारी गाउ“पालिकाको चा“चाफर्का, धामपुर, पर्शुरामपुर, लालपुरलगायतका गाउ“का बाढीपीडितहरुले टहरा पाएका हुन् । ‘टहरा पाएपछि चिसोमा बस्न सहज भएको छ, अझै निर्माणकै क्रममा छौ“,’ स्थानीय उत्तरकुमारी बुढा भन्छिन, ‘हाललाई यसैमा दिन कटौंला, चिसो हटेपछि अर्को विकल्प खोज्नु पर्ला ।’

ताजा समाचार

सम्बन्धित समाचार