Monday, September 23, 2024

‘एक वर्षमा ढेड लाख हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन’

काठमाडौं–सरकारले एक वर्षको अवधिमा डेढ लाख हेक्टर क्षेत्रफल वनजंगलमा वैज्ञानिक वन व्यवस्थापन गर्ने भएको छ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट बुधबार संघीय संसदमा जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राष्ट्रिय, सामुदायिकसँगै सबै वनमा वैज्ञानिक वन व्यवस्थापन लागू गर्ने सरकारको नीति रहेको बताएका हुन्।

आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजित बजेट र नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने गरी एक वर्षमा डेढ लाख हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरिने र ६० लाख क्युफिट काठ उत्पादन हुने बताए। त्यसबाट ३० हजारले रोजगारी पाउनुका साथै वन उद्योगलाई प्रोत्साहन हुने उनको भनाइ छ।

वन मन्त्रालयले आगामी ५ वर्षभित्र वनबाट डेढ लाखलाई रोजगारी सृजना गर्ने यसअघि नै घोषणा गरिसकेको छ।  मन्त्री तामाङका अनुसार पाँच हजार सामुदायिक वनमा पर्यापयर्टनका लागि प्रवद्र्धन गरिनेछ, भने अन्तर्राष्ट्रिय सामुदायिक वन अध्ययन केन्द्र समेत स्थापना गरिनेछ

ताजा समाचार

सम्बन्धित समाचार