Monday, September 23, 2024

चराको गुँड भेटिएपछि सांगीतिक कार्यक्रम अन्यौलमा

तस्वीरः क्यानेडियन प्रेस

काठमाडौं–क्यानडाको ओट्टाव शहरमा एउटा ठूलो सांगीतिक मेलाका लागि मञ्च तयार पार्ने क्रममा चराको चारवटा अण्डा रहेको गुँड फेला परेपछि सरकारी अधिकारीहरु ठूलो द्वीविधामा परेका छन्।

सो गुँड हटाएर कार्यक्रमको तयारी गर्ने वा कार्यक्रम नै पछि सार्ने भन्ने विषयमा यतिबेला क्यानडामा मात्र होइन विश्वभरी नै बहस भइरहेको छ। कामदारहरूले किलडियर नामको चराको ४ वटा अण्डासहित गुँड फेला पारेपछि केही समयमा लागि काम रोकेका छन्। सो मेला क्यानेडियन वार म्युजियमको अगाडि हुने गर्दछ।

क्यानडामा सो चरा संरक्षित सूचीमा पर्ने गर्दछ। सो अण्डा कोरल्नको लागि २४ देखि २६ लिन लाग्ने बताइएको छ। यो वार्षिक कार्यक्रममा झण्डै ३ लाख मानिसहरु सहभागी हुने गर्दछन्।

अहिले दुई जना सुरक्षाकर्मीले चरा र गुँडको संरक्षण गरिरहेका छन्। यो समस्यालाई के गर्ने भन्ने विषयमा उच्च सरकारी तहमा कुराकानी भइरहेको क्यानडाका सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार