Thursday, April 24, 2025

ऐतिहासिक गद्दी बैठकको रेट्रोफिटिङ, प्रम ओलीद्वारा उद्घाटन

ऐतिहासिक गद्दी बैठकको रेट्रोफिटिङ सकिएसँगै उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर सौजन्य : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकाे निजी सचिवलाय।

काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको हनुमान ढोका दरबार क्षेत्रको एक सय १० वर्ष पुरानो ऐतिहासिक ‘गद्दी बैठक’ को रेट्रोफिटिङ अर्थात् सबलीकरण सम्पन्न भएको छ।

रेट्रोफिटिङको काम सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गद्दी बैठकको उद्घाटन गरेका छन्। अमेरिकी सरकारको सात लाख डलरमा अमेरिकी कन्सल्टेन्टले

नै गद्दीको रेट्रोफिटिङ काम सकेपछि बुधबार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार गद्दी बैठकको रेट्रोफिटिङको काम सन् २०१७ को अक्टुबरमा काम सुरु भइ सन् २०१८ मा सम्पन्न भएको हो।

गद्दी बैठक संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्माण गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार